संख्यामा हारे पनि कांग्रेसको विचारले जितेको छ : नेता मन्सुर

संख्यामा हारे पनि कांग्रेसको विचारले जितेको छ : नेता मन्सुर

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्हा मन्सुरले यस पटकको निर्वाचनमा अंकगणितीय हिसावमा नेपाली कांग्रेसको पराजित भए पनि विचार र आर्दशले जितेको बताए । 

नेपाली कांग्रेस पार्टी कार्यालय स्याङ्जामा आइतवार आयोजित अन्तरक्रिया एवम्मुिस्लम समुदायसँगको भेटघाट कार्यक्रममा बोल्दै पूर्व श्रम तथा रोजगार मन्त्री मन्सुरले पार्टीले पराजय भोग्दैमा निराश नहुन आग्रह गर्दै पार्टी सुदृढीकरणमा लाग्न आग्रह गरे । 

‘एक दलीय कम्युनिष्ट शासन चाहने र राजालाई सर्वोपरी ठान्ने छुट्टाछुट्टै विचार र आस्था लिएर राजनीतिमा संगठित संस्थाहरुलाई नेपाली कांग्रेसको बहुदलिय संसदीय शासन ब्यवस्था ल्याउन सक्नु कांग्रेसको विजय हो’, मन्सुरले भने ‘दुनियाँमा कहीँ नभएको संसद पुनस्र्थापना, राजासंस्थालाई शक्तिबाट बाहिर ल्याउनु र बन्दुकको नालबाट सत्ता कब्जाको रणनीति बोकेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर नागरिकका छोराछोरीद्वारा शासन ब्यवस्था गर्ने अवसर पनि कांग्रेसको विचारले नै दिएको हो ।’    

यसैगरी, मुस्लिम संघका केन्द्रीय सभापति अब्दुल सतारले आफनो धर्म र संस्कार जोगाउने हो भने सबै मुस्लिमहरु नेपाली कांग्रेसको विचार र आदर्शमा समाहित हुनु पर्नेमा जोड दिए । 

‘कुरान मान्ने मुस्लिम जुन लोकतान्त्रिक विचार भन्दा बाहिर रहन सक्दैन । मुस्लिम समुदायको जोस र जागरलाई चिनेर पार्टीले सही सदुपयोग गर्न जरुरी छ’, सभापति सतारले भने । 

कार्यक्रममा मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष डा हाजी अताबुल र महासचिव हाजी मुख्तार, कांग्रेस जिल्ला कार्यवाहक सभापति कुमार राना लगायतले धर्म, संस्कृति, संस्कार र परम्पराको संरक्षणका लागि मुस्लिम समुदाय कांग्रेसमा गोलवद्ध हुनु पर्नेमा जोड दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.