नायव सुब्बाको नक्कली शैक्षिक प्रमाणपत्र भेटिएपछि मुद्दा
काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीका टाइपिष्ट नायव सुब्बा मिना मरासिनीले नक्कली शैक्षिक योग्यता प्रयोग गरी जागिर खाएको आरोपमा मुद्दा दायर भएको छ।
सेवा प्रवेश तथा बढुवाको सिलसिलामा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेकोले पाइएपछि मरासनीविरुद्ध मुद्दा दायर गरिएको हो।
मरासिनी पन्थीले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट प्राप्त गरेको हाईस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी टाइपिष्ट रापअन तृतीय श्रेणीमा प्रवेश गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
गरी नायव सुब्बापदमा बढुवा समेत भई सरकारी लाभ तथा सुविधा समेत लिएको देखिन आएको अख्तियारले जनाएको छ। भ्रष्टाचार निवारण ऐन अनुसार कैद तथा जरिवानाको मागदाबी विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।