संसदीय समितिलाई कर्मचारी सकस

संसदीय समितिलाई कर्मचारी सकस

काठमाडौं : ‘मिनी पार्लियामेन्ट’ मानिने विषयगत समितिका सभापतिहरूले संसद् सचिवालयका कर्मचारीको ‘असहयोग’का कारण समितिलाई प्रभावकारी बनाउन नसकिएको गुनासो गरेका छन्। सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले आइतबार गरेको छलफलमा समिति सभापतिहरूले अतिरिक्त भत्ता दिएर कर्मचारीलाई ‘खुसी’ बनाउन सुझाएका छन्।

८० प्रतिशत भत्ता र दैनिक ६ सय खाजा भत्ता बुझ्दै आएका सचिवालयका कर्मचारीले भत्ता नपाएको भन्दै कार्यालय समयमा मात्र काम गर्ने अडान राखेपछि समितिका बैठक पनि प्रभावित हुने गरेका छन्। सरकारले मितव्ययिता अपनाउन अतिरिक्त भत्ता कटौती गरेपछि सचिवालयका कर्मचारीले ‘असहयोग’ आन्दोलन गर्दै आएका छन्।

‘उच्च मनोबलका साथ कर्मचारीले काम गर्ने वातावरण मिलाउन सभामुख र राष्ट्रियसभा अध्यक्षज्यूको ध्यानाकर्षण गरियो’, कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरलले अन्नपूर्णसँग भने, ‘कर्मचारीले काम नगरिदिँदा समितिलाई प्रभावकारी बनाउन सकिएन।’ भत्ता कटौती भएपछि कर्मचारीहरूले बिहानको समयमा काम नगर्ने अडान राखेपछि समितिका बैठक पनि कार्यालय समयमा मात्र बस्ने गरेका छन। सभामुख महरा अध्यक्ष रहेको संसद्को व्यवस्थापन समितिले कर्मचारीलाई ५० प्रतिशत भत्ता दिने निर्णय पुस पहिलो साता नै गरेको थियो। तर अर्थ मन्त्रालयले अतिरिक्त भत्ताका लागि सहमति नदिएपछि संसद्को व्यवस्थापन समिति आफैंले गरेको निर्णय कार्यान्वयन गर्ने कि नगर्ने भन्ने दोधारमा छ।

संविधानसभाको कार्यालय समाप्तिपछि पनि संसद् सचिवालयले कर्मचारीलाई अतिरिक्त भत्ता दिएपछि महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाउँदै बेरुजुको चेतावनी दिएको थियो। अन्तिम पटकलाई भन्दै पूर्वसभामुख ओनसरी घर्ती मगरले महालेखापरीक्षकको कार्यालय र अर्थलाई चिठी लेखेपछि तत्कालीन समयमा भत्ताको बेरुजु फछ्र्योट गरिएको थियो। ‘राज्यका तीन अंग उत्तिकै महत्त्वपूर्ण छन्। कर्मचारी भत्ताका विषयमा संसद्को व्यवथापनले गरेको निर्णय किन कार्यान्वयन नगर्ने ? ,’ छलफलमा सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्णलगायत सभापतिले प्रश्न गरेका थिए।

कर्मचारीले कार्यालय समयमा मात्र काम गर्ने अडान राखेपछि समितिका बैठक प्रभावित हुने गरेका छन्।

छलफलमा सभामुख महरा र अध्यक्ष तिमिल्सिनाले समितिमा क्षेत्राधिकार विवाद नगर्न र ‘ओभरल्यापिङ’ नगर्न निर्देशन दिँदै त्यस्ता विषयमा समितिका संयुक्त बैठक गर्न निर्देशन दिएका थिए। पछिल्लो पटक एउटै विषयमा धेरै समितिले हात हाल्दा समितिपिच्छे फरकफरक निर्णय र निर्देशन आउने गरेका छन्। ‘विषयवस्तुमा डुप्लिकेसन नगर्न सभामुख र अध्यक्षज्यूबाट साझा निर्देशन आयो’, सभापति पोखरेलले भने। त्यस क्रममा समिति सभापतिहरूले आआफ्नो समितिले गरेका कामका विषयमा जानकारी गराएका थिए।

संसद्को ऐनले नै व्यवस्था गरेका कम्युटर, प्रिन्टरलगायत कार्यालय व्यवस्थापनसम्बन्धी सामग्री नपाएको भन्दै अधिकांश समिति सभापतिले गुनासो गरेका थिए। सभापतिलाई दिएका गाडी थोत्रा भएका कारण बाटैमा बिग्रने गरेको र भनेको समयमा कार्यालयमा पुग्न नसकिएको भन्दै राज्यका निर्देशक सिद्धान्त समिति सभापति निरा जैरुले सभामुख र अध्यक्षको ध्यानाकर्षण गराएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.