धनकुटासँग १४ जिल्ला जोडिँदै

धनकुटासँग १४ जिल्ला जोडिँदै

धनकुटा : धनकुटाले सडकमार्गबाट १४ जिल्ला जोड्ने भएको छ। जिल्लाका विभिन्न स्थानमा कोसी करिडोरसहित मध्यपहाडी लोकमार्ग, भेडेटार-रवि-राँके सडक योजना, जोगवनी-किमाथांकालगायत राष्ट्रिय महत्वका सडक निर्माणाधीन छन्।

यी सडकका कारण प्रदेश १ का संखुवासभा, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, खोटाङ, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ र सुनसरीलाई धनकुटा आवतजावत गर्न सजिलो हुनेछ। भारतको जोगवनी बजार र चीनको रियु, चाँगा तथा डेन्दाङ बजारसमेत जोडिनेछन्। सडक निर्माण सकिएपछि पूर्वीक्षेत्रका बासिन्दालाई काठमाडौं पुग्न पनि छोटो दूरी हुनेछ।

राष्ट्रिय गौरवका योजनाले समग्र प्रदेशमै विकासको ढोका खोल्ने धनकुटाका प्रदेशसभा सदस्य निरनकुमार राईले बताए। भेडेटार-रविराँके सडक कालोपत्रे भइसकेपछि गाउँमै रोजगारीको सिर्जना हुने उनको भनाइ छ। ‘गाउँमै विकासका पूर्वाधार निर्माण भइसकेपछि बसाइसराइ कम हुन्छ’, उनले भने। सडक राम्रो भइसकेपछि कृषिजन्यलगायत अन्य उद्योग गाउँमै सञ्चालन हुने राईको भनाइ छ।

धनकुटाभित्रैबाट सञ्चालन हुने राष्ट्रिय गौरवका सडकले धनकुटा प्रदेश राजधानी बन्ने आधार तय गरेको धनकुटाका संघीय सांसद राजेन्द्र राईको भनाइ छ। अहिले सुनसरीको चतराबाट लेगुवासम्म पुग्ने करिब ४३ किलोमिटर सडकको ट्र्याक खोल्ने कामको डीपीआर भएर ठेक्कासमेत लागेको उनले जानकारी दिए।

प्रदेश १ का पूर्वी पहाडी जिल्लालाई तराई र काठमाडौंसँग जोड्ने छोटो दूरीका रूपमा मानिएको कोसी कोरिडोरको काम अहिले धमाधम भइरहेको छ। सुनसरीको चतरा, धनकुटाको मुलघाट हुँदै पाँचथरको गणेशटारसम्म तमोर नदीको किनारैकिनार कोसी कोरिडोर विस्तार योजनाको काम तीव्र रुपमा अघि बढिरहेको छ।

यसैगरी केही समयअघि मात्रै प्रधानमन्त्री केपी ओलीले भेडेटार-रवि राँके सडक कालोपत्रे उद्घाटन गरेका थिए। सडकले धनकुटासहित पाँचथर, इलामका विभिन्न ठाउँ छुनेछ। एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा कालोपत्रे हुन लागेको यो सडक करिब एक सय किलोमिटर दूरीको छ।

यो सडक धनकुटाका भेडेटार, नाम्जे, ओखे्र, डाँडाबजार, राजनारानी, सम्मेवा, सौरेबजार हुँदै ६ नम्बर बुधवारेसम्म पुग्छ। त्यहाँबाट पाँचथरको कम्फुटार, लेकगाँउ, कन्याटार, दारेगौडा, चिसापानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुबिर्से पञ्चमी, पुरानो पञ्चमी, देउरालीलगायत गाउँ पनि छुन्छ। इलामको फुयतप्पा, चमैता, एकतप्पा पनि भेट्छ। राँके-भेडेटार सडकखण्डलाई आधार बनाएर मोरङका विभिन्न गाउँ जाने सडक बनेका छन्।

यसैगरी मध्यपहाडी लोकमार्ग, जोगवनी -किमाथांका सडक आदिले पनि धनकुटालाई विभिन्न जिल्लासँग जोड्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.