बर्दियाका अधिकांश सवारी चालक प्रेसरका बिरामी
गुलरिया : जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय बर्दियाको संयुक्त आयोजनामा गुलरिया नगरपालिका- ७ स्थित बसपार्कमा गरिएको विभिन्न सवारी साधनका चालकको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा चालक प्रेसरका बिरामी भेटिएको चिकित्सकले बताए । बर्दियामा गुड्ने बस, ट्रक, टिप्पर, जीपकार, ट्याक्टरलगायतका सवारी चालक प्रेसरका बिरामी भेटिएका हुन्।
गुलरिया अस्पतालका स्थास्थ्यकर्मी सहितको टोलीले चेकजाँचका क्रममा सवारी चालकमा विभिन्न स्वास्थ्य समस्या पाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।उनले भने,' समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको ट्राफिक कार्यालयसँगको संयुक्त चेकिङ्गका क्रममा सवारी चालकमा प्रेसर, आँखा कमजोरीलगायतका समस्या देखिएको छ।
४३ वटा बस, ११ वटा टिप्पर, १४ वटा जीपकार र १० वटा अन्य गरी ८५ वटा सवारी साधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रहरी नायव निरिक्षक गोपाल बहादुर ज्ञवालीले जानकारी दिए। जसमध्ये परीक्षणका क्रममा २५ जना प्रेसरका रोगी, १२ जना आँखा कमजोरी र बाँकी सामान्य पाइयो। 'बिरामी पाइएका चालकलाई उपचारका लागि अस्पतालमा सिफारिश गरेका गरिएको उनले बताए।