‘रेफर सेन्टरजस्तो’ इलाम अस्पताल

‘रेफर सेन्टरजस्तो’ इलाम अस्पताल

इलाम : इलाम अस्पतालमा आवश्यक उपकरण अभाव देखिएको छ। आईसीयूसहित उपकरण नहुँदा डा. गोविन्द केसीलाई काठमाडौं लगिएको थियो। यो अस्पताललाई पाँच वर्षअघि ५० शड्ढयामा विस्तार गरिएको थियो। तर, दरन्बन्दीअनुसार विशेषज्ञ चिकित्सक छैनन्। रेफर सेन्टर मात्र बनेको नागरिक अगुवा धर्म गौतमको भनाइ छ।

डा. केसीलाई तत्काल आईसीयूमा राख्नुपर्ने चिकित्सकको सुझाव थियो। इलाममा सम्भव नभएपछि एम्बुलेन्समा झापा लगेर सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।

इलामबाटै प्रतिनिधित्व गरेका झलनाथ खनाल प्रधानमन्त्री, सुवास नेम्बाङ दुवै संविधानसभाका अध्यक्ष भए। कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले पनि इलामबाटै प्रतिनिधित्व गरे। गृहजिल्लावासी भने सामान्य उपचारका लागि पनि झापाका महँगा निजी अस्पताल वा भारतका अस्पतालसम्म जानुपर्ने बाध्यता छ। इलाम अस्पतालको अवस्थाले इलामे जनताकै उपहास गरिरहेको युवा उद्यमी राजन प्रधानको भनाइ छ। भने, ‘ठूला नेताहरूको गृहजिल्लामा अस्पतालको दुरवस्थाले इलामेलाई नै लज्जित बनाएको छ।’

इलामसहित पाँचथर, ताप्लेजुङलगायत जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा सहज बनाउन ठूलो भवन र शड्ढया थप गरे अक्सिजन र सामान्य औषधिसमेत पर्याप्त मात्रामा नपाइने स्थानीयको भनाइ छ। नागरिक अगुवा गौतमका अनुसार डा. केसीका लागि बाहिरबाट खरिद गरेर अक्सिजन पुर्‍याइएको थियो।

यहाँ १० विशेषज्ञ चिकित्सक हुनुपर्नेमा एक जना मात्र छन्। विशेषज्ञ नभएका कारण सम्बन्धित उपकरण पनि आउन नसकेको अस्पतालकी सूचना अधिकारी रीता अधिकारीले बताइन्। भौतिक पूर्वाधार पर्याप्त रहे पनि विशेषज्ञ चिकित्सक अभाव रहेको उनको भनाइ छ। अस्पतालमा दैनिक स्वास्थ्य परीक्षण र उपचारका लागि २ सय जना आउने गरेका छन्। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनजंग रायमाझीले आवश्यक उपकरण र जनशक्ति मागिरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.