सुदूरपश्चिममा हिमपात : हिउँले उज्यालिए डाँडाकाँडा

सुदूरपश्चिममा हिमपात : हिउँले उज्यालिए डाँडाकाँडा

धनगढी : सुदूरपश्चिमका पहाडि जिल्लामा वर्षासँगै हिमपात भएको छ। सोमबार रातिदेखि सुरु भएको वर्षासँगै हिमपात सुरु भएको हो। सुदूरपश्चिमका पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र डडेल्धुरा जिल्लाका लेकाली गाउँ बस्ती र हिमाल सेताम्य भएका छन्।

सुदूरपश्चिमका पहाडी जिल्लामा तेस्रो पटक हिमपात भएको दार्चुलाको मालिकार्जुन गाउँपालिका २ का वडा अध्यक्ष गणेशसिंह धामीले जानकारी दिए। उनले यस वर्ष तीनपटक हिमपात भएकोले किसानमा खुसि छाएको बताए।

पानीसँगै हिमपात भएका कारण ती जिल्लामा अत्याधिक चिसो बढेको छ।दार्चुला संवाददाता सुन्दरसिंह धामीको अनुसार जिल्लाका हिमाली गाउँपालिका व्यास, अपीहिमाल, मालिकार्जुन गाउँपालिकाको न्वालपानी, शैल्यशिखर नगरपालीका को भेरेखोला, बरमुणे, रातामाटा, काँडापारीसहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ।

हिमपात हुने क्रम अझै जारी छ। जमिनमा करिब ३ फिट बाक्लो हिउँ परेका दार्चुला महाकाली यातायात प्रालिका काउण्टर इन्चार्ज लबराज अवस्थीले जानकारी दिए। यस्तै बझाङ संवाददाताका अनुसार जिल्ला सदरमुकाम चैनपुरमा झण्डै एक फिट हिउँ जमेको छ।

सदरमुकामभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ।  हिमपातले जिल्लाको सैपाल, मस्टा, तलकोट र चिरबिथ्थड गाउँपालिकामा बाक्लो हिमपात भएर जावतआवत बन्द भएको स्थानीय रमेश केसीले जानकारी दिए।


दार्चुलाको न्वालपानी भन्ने ठाउँमा भएको हिमपात । तस्बीर : सुन्दरसिंह धामी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.