तनहुँ कांग्रेसमा तनाव : जोशी पक्षको विशेष अधिवेशन घोषणपछि सुरक्षा कडा

तनहुँ कांग्रेसमा तनाव : जोशी पक्षको विशेष अधिवेशन घोषणपछि सुरक्षा कडा

दमौली : नेपाली कांग्रेसका पूर्व सह-महामन्त्री गोविन्दराज जोशी पक्षले विशेष अधिवेशनको घोषणा गरेपछि तनहुँ सदरमुकाम दमौलीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पार्टी संस्थापनले आफूलाई उपेक्षा गरेको भन्दै सबैलाई समेटेर कार्य समिति परिवर्तन गर्नुपर्ने माग गर्दै संघर्षमा उत्रिएका जोशी समर्थक कार्यकर्ताले मंगलबार दमौलीमा विशेष अधिवेशनमार्फत नेतृत्व परिवर्तनको घोषणा गरेका छन्।

दमौली खुला मञ्चमा सभा गरेर पार्टी कार्यालयमा पदस्थापन गर्ने पूर्व घोषणा आएपछि दमौलीमा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ। जोशी समर्थकले झण्डै १० हजार कार्यकर्ता आउने दाबी गरेका छन्। 

पार्टी जिल्ला नेतृत्वले चुनावमा बागी उम्मेदवारी दिएको र उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेता जोशीमाथि अनुशासनको कारबाहीको सिफारिस गरेको थियो। तर नेता जोशीले उम्मेदवारी खारेज भएपछि आफू उम्मेदवार नै नरहेको भन्दै प्रतिसोध साँध्न आफूमाथि अभियोग लगाइएको आरोप लगाएका छन्। 

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए। त्यसलगत्तै विगत तीन दशकदेखिको पौडेल-जोशी द्वन्द्व सतहमा आएको हो।आजको विशेष अधिवेशनलाई जोशी पक्षले प्रतिष्ठाको विषय बनाएको छ।पार्टी जिल्ला नेतृत्वले भने कार्यक्रममा सहभागी नहुन र सहभागी भएमा कारबाही गर्ने चेतावनी नेता कार्यकर्तालाई दिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.