काठ तस्करमाथि हानियो गोली, गोलियासहितको जिप बरामद

काठ तस्करमाथि हानियो गोली, गोलियासहितको जिप बरामद

रौतहट : डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले  गएराति पौराई जंगलको राजमार्ग छेउबाट सालको काँचो गोलियासहित बोलेरो जिप बरामद गरेको छ ।

सोमवार राति पूर्व–पश्चिम राजमार्गको पौराईस्थित लच्का नजिकै साहयक वन अधिकृत महेन्द्र प्रसाद जयसवाल नेतृत्वको वनगस्ती टोलीले काठ लोड गरिएको जिप बरामद गरेको हो ।

गस्ती टोलीलाई देखेपछि तस्करहरु अर्को जिपमा भागेको अधिकृत जयसवालले बताए । टोलीले एक राउण्ड गोली चलाएर ७ थान गोलिया काठ लोड भएको जीप बरामद गरेको हो ।

वन कार्यालयले करिब तीन महिनायता एक हजार ५ सय क्युफिट भन्दा बढी काठ बरामद गरिसकेको छ । वनभित्र नै काँचो रुख काटेर चिरान गरिरहेको अवस्थामासमेत तस्करहरु फेला परेका थिए ।

रौतहटमा पछिल्ला दिनहरुमा जिप, ट्याक्टर, मोटरसाइकल, साइकलमा राखेर सालका गोलियाहरु तस्करी हुने गरेको पाइएपछि वन कार्यालयले सुरक्षा निकायसँग समन्वय गरेर वनगस्ती बढाएको छ ।

काठ तस्करी बढी हुने क्षेत्रको नाकामा गस्ती बढाइएको रौतहटका वन अधिकृत विनोद सिंहले जानकारी दिए । रातको समयमा काठ चोरी बढी हुने भएकाले तस्करहरु फेला परेमा गोलीसमेत हानेर नियन्त्रणमा लिन आदेश दिएको सिंहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.