टेम्पो दुर्घटनामा पाँच घाइते

टेम्पो दुर्घटनामा पाँच घाइते

विराटनगर : विराटनगरको बरगाछीमा मंगलबार दिउँसो टेम्पो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ह ७७४ नम्बरको टेम्पो दुर्घटना भएको हो।

दुर्घटनामा सुनसरी सोनापुरका ७० वर्षीय चन्द्रबहादुर राउत, मोरङको धनपालन गाउँपालिका १ की ६५ वर्षीय भेगनीदेवी साह, विराटनगर ५ का ३८ वर्षीय तवरेज आलम, विराटनगर १५ की २८ वर्षीय ममता साह र विराटनगर ११ की २५ वर्षीय सुमीक्षा बुढाथोकी घाइते भएका छन्। 

घाइतेमध्ये वृद्ध राउतको अवस्था गम्भीर छ। घाइतेको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको टेम्पोमा सामान्य क्षति पुगेको छ। गुडिरहेको अवस्थामा तीनवटा मध्ये एउटा चक्का सडकबाट तल झरेपछि टेम्पो सडकमै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.