कुम्भ मेलामा औतारी साधु-सन्त : जसको साथमा छ राइफल, कम्मरमा गोली

कुम्भ मेलामा औतारी साधु-सन्त : जसको साथमा छ राइफल, कम्मरमा गोली

नयाँदिल्ली : भारतको उत्तरप्रदेशमा जारी कुम्भ मेलामा अनेक रुप रंगका सन्त आफ्नो औतारी रुप देखाउँदै छन् । मेलामा आउने नदीमा नुहाएर फर्केका मात्रै छैनन्, उनीहरु त सन्तको जीवनशैली र कौशल हेरेर पनि आनन्द मानिरहेका छन् ।

यस क्रममा अद्वैत चैतन्य ब्रह्मचारी महाराज नामका सन्तको रुप अनौठो नै छ । ४९ किलोमिटर क्षेत्रफलमा फैलिएको यस मेलामा सम्भवतः उनी नै यस मेलाको आकर्षणको पात्र बनिरहेका छन् ।

श्रीपञ्च शम्भु अग्नि अखडाका यी सन्त चैतन्य महाराजको अनौठो तरिका किन पनि फरक छ भने उनले शरीरमा पहेँलो रंगको वस्त्र मात्रै ओढेका छैनन्, हातमा राइफल समेत छ ।

कम्मरमा रिभल्वर राखेका उनी राइफल हर बखत हातमा बोकेर हिँडिरहन्छन् । राइफल बोक्नुको कारण पनि अन्य सन्तको भन्दा भिन्न छ । चैतन्य बाबा आफू एक पटक आतंकवादीको हमलामा परेको दाबी गर्छन् । हमलाको बेला आफूलाई शरीरमा १२ गोली लागेको उनको जिकिर छ । तै पनि बाँच्न सफल भएको उनी बताउँछन् ।

चैतन्य बाबा भन्छन्, ‘९० को दशकमा शीतला मन्दिर, पन्जाबमा रहँदा खालिस्तानी आतंकी ब्यापक उग्र थिए । म साधु थिएँ । मलाई आफ्नो मन्दिरको रेखदेख गर्नु थियो । ८ मे १९८७ मा आतंकवादीले मन्दिरमा हमला गरे । मैले एक्लै आतंकवादीविरुद्ध लडेँ । मलाई शरीरमै १८ गोली समेत लाग्यो । तर पनि माता गायत्री तथा परशुराम भगवानको कृपाले म बाँच्न सफल भएँ ।’

उनले अघि भने, ‘म दुई वर्ष त अस्पतालमै रहेँ । तब म आतंकवादीको हिट लिस्टमा परेँ । किनकी, मैले उनीहरुको हमला असफल बनाइदिएको थिएँ । यसको बदला तत्कालीन पन्जाब सरकारका मुख्यमन्त्री बरनालले मलाई मेरो सुरक्षाको लागि दिल्लीको नरैलीमै फ्ल्याट समेत दिएका थिए ।’ एक सन्तले साथमा हतियार राख्न सम्भव छ ? भनेर सोध्दा ‘राइफलवाले बाबा’ आफू परशुराम तथा गायत्रीको असल उपाशक भएकाले हतियार लिनु सम्भव भएको दाबी गर्छन् ।

हतियारको विशेषता के हो ?
श्रीपञ्च शम्भु अग्नि अखडाको एउटा विशेषता के भने यहाँ सन्तहरु नागा नभएर ब्रह्मचारी साधु बन्न सक्छन् । साथै साधुहरु अन्य स्थानको भन्दा फरक देखिन्छन् । र उनीहरु अधिकांश माता गायत्रीका उपासक हुन्छन् । कोही पनि मादक पदार्थ ग्रहण गर्दैनन् ।

यस ऐतिहासिक विश्वासका आधारमा पनि साधु चैतन्य बाबा आफू हतियार बोकेर हिँड्छन् । जुन कुम्भ मेलामा आकर्षक मानिएको पनि छ । चैतन्य बाबा भने आफूलाई ‘राइफलवाले बाबा’भनी सबैले सम्बोधन गर्दा मक्ख छन् । यद्यपी कतिपयले भने एक साधुको हातमा हतियार हुनुलाई अनौठो ठानेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.