न्यायपरिषद्का पूर्व लेखापाल विरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायपरिषद्का तत्कालिन लेखापाल शिवहरि ढकाल विरुद्ध साढे २४ लाख बिगो सहित मुद्दा दायर गरेको छ। न्यायपरिषद्मा रहँदा ढकालले २४ लाख ४६ हजार २१२ रुपैयाँ बराबरको सरकारी रकम दुरुपयोग गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो।
ढकालले तलबी भरपाईको जोड जम्मामा फरक पारी खर्च लेखेको र आर्थिक वर्ष २०७२/०७३ को लेखापरीक्षण हुँदा लेखापरीक्षण प्रतिवेदनमा १६ लाख ४७ हजार ९६५ असुलउपर गरी राजस्व दाखिला भएको महालेखापरीक्षकको प्रतिवेदन प्राप्त भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायर अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
तत्कालीन न्यायपरिषद्का लेखापाल पौडेल हाल खनियावास गाँउपालिकाको कार्यालय, दार्खा, धादिङ्गमा कार्यरत छन्। ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय र विगो मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्रदायर गरिएको छ।