सेवा थप्दै टिचिङ

सेवा थप्दै  टिचिङ

काठमाडौं : बिरामीको चाप थेगिनसक्नु भएपछि त्रिवि शिक्षण अस्पतालले सेवा विस्तार गर्ने भएको छ । ३५ वर्षअघि जापान सरकारले बनाइदिएको अस्पतालमा स्वास्थ्य सेवाका विविध विधाका साथै जटिल शल्यक्रियासमेत हुन्छ । त्यसैले बिरामीको आकर्षण बढ्दै गएको हो । बिरामीको चाप बढ्दै गएकाले सेवा विस्तार गर्न लागिएको अस्पतालका वरिष्ठ मेडिकल रेकर्ड अफिसर कुमार केसीले जानकारी दिए । अस्पतालमा तीन सय एक शड्ढयाका लागि कायम दरबन्दी सात सय पुग्दासम्म पनि स्थायी दरबन्दी थप हुन सकेको छैन । यसले पनि बिरामीले प्रभावकारी सेवा पाउन कठिनाइ भएको उनको भनाइ छ ।

अस्पतालको मुख्य आईसीयू कक्षमा उपचारका लागि बिरामीलाई पालो पाउनै मुस्किल छ । इमर्जेन्सीमा पनि बिरामी संख्या बढ्दा एउटै शड्ढयामा दुईतीन जना बिरामी राखेर उपचार गराउनुपर्ने बाध्यता छ । वार्डमा रहेका शड्ढया प्रायः भरिएको अवस्थामा हुन्छन् । ‘वार्डका बेड शतप्रतिशत भरिएका हुन्छन् । डिस्चार्ज न्यून संख्यामा हुने भएकाले इमर्जेन्सीमा भर्ना भएका सबैलाई चाहेर पनि वार्डमा भर्ना गर्न नसकिएको हो’, निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले भने।

मुुख्य आईसीयूमा ११ शड्ढया छन् । मेडिकल आईसीयूमा आठ शड्ढया छन् । ती पनि भरिएकै हुन्छन् । जनरल इमर्जेन्सीसहित अब्जर्भेसनमा ६० शड्ढया छन् । यी पनि बिरामीको संख्या अनुपातमा अपर्याप्त छन् । बिरामीको चाप बढ्दै गएकाले सेवा पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको डा. खड्गाको भनाइ छ । ‘मुलुकभरिबाट आउने बिरामी अस्पतालले धान्न नसक्ने किसिमको छ । सेवा विस्तारका लागि पनि ठाउँ अभाव छ’, उनले भने ।

अस्पतालमा चुस्त सेवा प्रवाहका लागि सात सय नर्सिङ जनशक्ति आवश्यक रहेको अस्पतालकी निवर्तमान नर्सिङ निर्देशक कोपिला श्रेष्ठ पालिखेले बताइन् । तर पाँच सय ६८ जना मात्र नर्सिङ कर्मचारी छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जनरल बेडमा एक नर्सले ६ जना बिरामीलाई सेवा पु¥याउन सक्छन् । तर अस्पतालमा कार्यरत नर्सले २० जना बिरामीको सेवा गर्नुपर्ने अवस्था छ।

मुख्य आईसीयूमा ११ शड्ढया छन् । मेडिकल आईसीयूमा आठ शड्ढया छन् । ती पनि भरिएकै हुन्छन् । जनरल इमर्जेन्सीसहित अब्जर्भेसनमा ६० शड्ढया छन् ।

बहिरंग विभागमा बिहान नौ बजेदेखि साँझ चार बजेसम्म आउनेबित्तिकै टिकट काटेर सेवा लिन सकिने बनाउन लागिएको छ । ‘अहिले कोटा सिस्टम रहेकाले बिहान चार बजेदेखि बिरामीको लाइन हुन्छ’, डा. खड्गा भन्छन्, ‘त्यसैले यस्तो व्यवस्थामा सुधार ल्याउने तयारी छ । अब कोटा सिस्टममा नपरे पनि उपचार पाउने व्यवस्था गर्दै छौं ।’ औषधि किन्दा लाइन लाग्नुपर्ने झन्झटबाट पनि मुक्त गर्न काउन्टर थपिएको छ ।

अनुभवी चिकित्सकको सेवा पाउन समस्या भएको अस्पतालमा आएका बिरामीहरू बताउँछन् । प्राध्यापकहरू महाराजगन्ज चिकित्सा क्याम्पसमा स्नातक एवं स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीको पठनपाठन र परीक्षामा संलग्न हुनुपर्छ । ‘त्यसैले परीक्षाका बेला अनुभवी चिकित्सकको सेवामा कमी देखिन सक्छ । यो हामो बाध्यता हो’, उनले भने । अस्पतालमा विभिन्न विधाका करिब दुई सय प्राध्यापक छन् । तिनले विद्यार्थीलाई पठनपाठनका अतिरिक्त अस्पतालमा चिकित्सकीय सेवा दिन्छन् । अस्पतालमा करिब तीन सय रेसिडेन्ट चिकित्सक रहेको उनले बताए।

बिरामीको चाप बढेपछि अस्पतालमा दुई वटा क्यास काउन्टर थपिएको छ । ‘रिपोर्ट लिन नै तीनघण्टा लाइनमा बस्नुपथ्र्यो, अब १५ मिनेटभित्र रिपोर्ट पाउने व्यवस्था मिलाइएको छ’, सिनियर मेडिकल रेकर्ड अफिसर केसीले भने । अस्पतालमा २५ वटा सीसीटीभी क्यामेरा छन् । तर पनि अस्पतालका कक्षमा चोरी हुने क्रम बढेपछि भित्री भागमा थप २० सीसीटीभी क्यामेरा थप्ने तयारी छ। ‘दुई सिटी स्क्यान, दुई एमआरआई र दुई मेमोग्राम मेसिन छन्’, उनले भने, ‘चौबीसै घण्टा अल्ट्रासाउन्ड सेवा उपलब्ध छ’, कार्यकारी निर्देशक खड्गाले भने।

अपरेसन थिएटरसहितको नयाँ डियाट्रिक सर्जिकल वार्ड निर्माण हुँदै छ । हाडजोर्नीका बिरामी बढ्दै गएकाले ७५ शड्ढयाको हाइडिपेन्डेन्सी वार्डसहितका तीन वटा अत्याधुनिक अपरेसन थिएटर थप भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.