सप्तरीमा प्रहरी इन्काउन्टरमा एकको मृत्यु

सप्तरीमा प्रहरी इन्काउन्टरमा एकको मृत्यु

राजविराज : प्रहरी इन्काउन्टरमा सप्तरीमा एक जनाको मृत्यु भएको छ। राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी चोकदेखि एक किलोमिटर दक्षिणमा बुधबार बिहान प्रहरीसँगको मुडभेडमा एक जनाको मृत्यु भएको प्रहरीले  पुष्टि गरेको छ। प्रहरीकाअनुसार मृत्यु हुनेमा सप्तरी कडरबोनाका दिपेन्द्र चौधरी रहेका छन्।

बुधबार बिहान साढे ४ बजे चेकजाँचका क्रममा प्रहरीमाथि फायर गरेपछि प्रहरीले जवाफी फायर गर्दा मोटरसाइकलको पछाडी बसेका चौधरीको मृत्यु भएको डीएसपी भावेश रिमालले बताए। 

डीएसपी रिमालकाअनुसार प्रहरीलाई देख्नेवित्तिकै चौधरीले गोली चलाएका थिए। प्रहरीले तत्काल जवाफी फायरिङ गर्दा मोटरसाइलकको पछाडि सवार व्यक्ति ढलेको र मोटरसाइकल चालक फरार भएका थिए। प्रहरीको गोलीबाट ढलेका चौधरीको घटनास्थलमै मृत्यु भएको डीएसपी रिमालले जानकारी दिए। मोटरसाइकल राजविराजतर्फ भागेको उनले बताए। 

मृतकको टाउकोमा गोली लागेको छ। उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

एक साता अघि माघ २ गते राति ८ः१५ बजे प्रहरीचौकी विसनपुरमा कार्यरत सुनसरी कोशी गाउँपालिका श्रीपुर घर भएका ३६ वर्षीय प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि गोली प्रहार भएको थियो। हतियारधारी समूह प्रगतीशिल तराई मुक्ति मोर्चा रहेको बताइएको थियो। 

मेरुदण्डमा गोली लागेर गम्भीर घाइते प्रहरी हवल्दार यादव त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचाररत रहेको एसपी राजेन्द्र विष्टले बताए। इन्काउन्टरमा मारिएका व्यक्ति सो घटनामा संलग्न रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.