आक्रामक बन्दै कांग्रेस

आक्रामक बन्दै कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेस सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ। सोमबार र मंगलबार संसद बैठक अवरुद्ध पारेको कांग्रेस र भ्रातृ संगठन तरुण दलले मंगलबारदेखि सातै प्रदेश सदरमुकाममा पालैपालो सरकारविरोधको सभा थालेका छन्। मंगलबार प्रदेश १ राजधानीमा विराटनगरमा तरुण दलले प्रर्दशनसहित विरोधसभा गरेको छ। बुधबार जनकपुरमा गर्दै छ। सबै प्रदेशमा विरोधको कार्यक्रम गर्ने उसले जनाएको छ।

सरकारलाई सुरुदेखि नै ‘अलोकतान्त्रिक’ देखेको कांग्रेस पछिल्लो सरकारप्रति समय उग्र बन्दै आएको छ। मंगलबारदेखि तरुण दलले गर्ने विरोधसभाको मुख्य उद्देश्य पनि सरकारकै कामप्रति लक्षित रहने तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले बताए। तरुण दलले पहिलो चरणमा सात वटै प्रदेशमा विरोधसभा गर्ने र विरोधका कार्यक्रम थप्दै जाने बताएको छ।

उसले मंगलबारदेखि सरकारविरुद्ध प्रदर्शन सुरु गरेलगत्तै कांग्रेस विद्यार्थी संगठन नेविसंघले पनि यसमा ऐक्यबद्धता जनाएको छ। उसले बुधबारदेखि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन थाल्ने अध्यक्ष नैनसिंह महरले जानकारी दिए। बुधबार दिउँसो १ बजेदेखि माइतीघर मण्डलाबाट प्रदर्शन सुरु हुने नेविसंघले जनाएको छ। मंगलबार महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा ससंद् भवन अगाडि विरोध प्रदर्शन गरिएको थियो। प्रदर्शनका क्रममा महासचिव काफ्लेसहित दुई जना घाइते भएका थिए।

सोमबारदेखि कांग्रेसले प्रदेशसभातर्फका आफ्ना सबै सांसदलाई काठमाडौंको एउटा होटलमा राखेर पदर्शनसम्बन्धी प्रशिक्षणसमेत दिएको थियो। बुधबारसम्म चल्ने प्रशिक्षणमा प्रदेशसभामा प्रतिपक्षीको भूमिकामा कसरी दह्रो तरिकाले प्रस्तुत हुने भन्ने विषय समावेश छ। कांग्रेसनिकट बौद्धिक व्यक्तित्वसँगै प्रतिनिधिसभा प्रमुख सचेतक बालकृष्ण खाँण सहितले प्रशिक्षण दिइरहेका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. गोविन्दराज पोखरेल र डा. स्वर्णिम वाग्ले सहित सहभागी छन्। पछिल्लो समय कांग्रेस शीर्ष नेता उपत्यकाबाहिर जागरण अभियानमा व्यस्त छन्। कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तहहरूको हरेक वडामा कांग्रेसले सरकारविरुद्ध भण्डाफोर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। कांग्रेसले स्थानीय तहमा पनि नेकपाबाट जितेकाहरूले व्यापक अनियमितता गरेको आरोप लगाएको छ। यसविरुद्ध केही जिल्लामा कांग्रेसले अभियानसमेत थालेको छ।

विराटनगरमा तरुण दलको प्रदर्शन

कांग्रेस भ्रातृ संगठन नेपाल तरुण दलले मंगलबार मोरङ विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। उसले प्रदेश १ का लागि अस्थायी राजधानीमा सभा आयोजना गरेको हो। केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सरकारले लोकतन्त्रमाथि हस्तक्षेप गरिरहेको आरोप लगाए। जनताले विकासका लागि म्यान्डेट दिए पनि सरकारले अधिनायकवाद लाद्न खोजेको उनको भनाइ थियो।

जनताले समृद्धिका लागि कम्युनिस्टलाई मत दिए पनि प्रधानमन्त्रीले नै जनमतको अवमूल्यन गरेको उपाध्यक्ष उत्तम चापागाईंले बताए। ‘निर्मला हत्याकाण्डको चुरोसम्म पुग्न नसकेको सरकारले डा. गोविन्द केसीका मागलाई बेवास्ता गर्दै पेलेरै अघि बढ्ने नीति लिएको छ’, उनले भने।

कोषाध्यक्ष विद्वान् गुरुङले नेकपाले दुईतिहाइ मतको सम्मान गर्न नसकेको बताए। सरकारलाई आन्दोलनकै बलमा ढाल्ने चेतावनीसमेत उनले दिए। शनिहाट चोकमा भेला भएका उनीहरू विरोध र्‍यालीसहित महेन्द्र चोकमा पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.