छोराको कुटपिटबाट बावुको मृत्यु
दमक : झापाको दमकमा छोराको कुटाइबाट बावुको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक-६ रातो पुलस्थित ५८ वर्षीय राजन न्यौपाने रहेको प्रहरीले जनाएको छ। छोराले कुटाइबा६ गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो। घरायसी विवादका क्रममा १८ वर्षीय छोरा विशाल न्यौपानेले बावुमाथि अन्धाधुन्द आक्रमण गरेका थिए।
मंगलबार राति ११ बजेतिर भएको घटनामा गम्भीर घाइते भएका राजनलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको थियो। राजनको बुधबार बिहान डेढ बजे उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ। घटनामा संलग्न छोरा विशाललाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए ।
स्थानीय छिमेकीका अनुसार मृतक राजनको कानबाट रगत बगेको थियो। शवको प्रकृति हेर्दा कुनै धारिलो हतियार प्रयोग भएको नदेखिएको प्रहरी नायव उपरीक्षक सुब्बाले जानकारी दिए।घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको सुब्बाले बताए।