विराटनगरमा स्कुल भ्यान दुर्घटना, ६ विद्यार्थी घाइते, २ गम्भीर

विराटनगरमा स्कुल भ्यान दुर्घटना, ६ विद्यार्थी घाइते, २ गम्भीर

विराटनगर : विराटनगर महानगरपालिका- १५ मा स्कुल भ्यान दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्। घाइते सबै विद्यार्थी १० वर्ष मुनीको रहेको प्रहरीले जनाएको छ। सातजना विद्यार्थी बोकेर श्रीराम बोर्डिङ स्कुलतर्फ जाँदै गरेको को १ च ७०३४ नम्बरको भ्यान बिहीबार बिहान ११ बजे स्कुल नजिकै अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले बताए ।

तीव्र गतिका कारण भ्यान दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनामा सोही स्कुलको युकेजीमा अध्ययनरत सात वर्षीय कुनाल साह, कक्षा २ मा पढ्ने १० वर्षीय दिलनवाज अन्सारी, ८ वर्षीय कृष्ण राजवंशी, ९ वर्षीय मधार अन्सारी, कक्षा १ मा पढ्ने ५ वर्षीय आयुष यादव र कक्षा ३ मा अध्ययनरत ९ वर्षीय पिपल राणापाल घाइते भएको प्रनि रानाले बताए। 

भेनमा सवारमध्ये कक्षा ३ मा अध्ययनरत ब्युटी साह भने सकुशल रहेको प्रहरीले जनाएको छ। घाइतेको विराटनगरस्थित कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।घाइतेमध्ये कुनाल र दिलनवाजको अवस्था गम्भीर छ। घाइते बालबालिकालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएका हुन्।

दुर्घटनापछि भ्यानका चालक विराटनगर- १४ का वीरेन्द्र महतो फरार रहेकाले उनको खोजि भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.