कंगनाको चेतावनी : म फाल्तु मुद्दामा कसैसँग माफी माग्न बसेकी हैन

कंगनाको चेतावनी : म फाल्तु मुद्दामा कसैसँग माफी माग्न बसेकी हैन

नयाँदिल्ली : बलिउडकर्मी कंगना रनोट र करणी सेनाबीच केही समययता चल्दैआएको वाकयुद्धमा कंगनाको पछिल्लो अभिव्यक्तिले तरंग ल्याएको छ ।

मणिकर्णिकाको प्रमोशन इभेन्टमा पुगेकी कंगनाले भनिन्, ‘म कसैसँग पनि माफी माग्दिन । जब मेरो केही छै भने माफी किन ? मैले आश्वासन दिएँ कि फिल्ममा केही पनि गल्ती देखिएको छैन ।’

‘उ भारतकी चेली हो, मेरो नातेदार हैन’

कंगनाले रानी लक्ष्मीबाईको लागि ‘मणिकर्णिका भारतकी चेलीको एक फिल्म’ भन्दै टिप्पणी समेत गरेकी छन् । साथै आफूहरु मिलेर फिल्म अघि बढाउनुपर्ने उनको भनाइ थियो । कंगनाले उनलाई आफ्नो मात्रै नातेर नभएर समग्र भारतकै चेली भएको भन्दै व्यंग्य समेत गरिन् ।

‘मेरो लागि पनि उ त्यही हो, जे सबको लागि हो,’ कंगनाले भनिन् । यसकारण पनि करणी सेनाले आफूलाई साथ दिनुपर्ने कंगनाको भनाइ छ । तर सेनाको यस्तो ‘फाल्तु ईगोलाई ईस्यु बनाउनुको जरुरत नभएको’ भन्दै उनले आक्रोश पोखेकी छन् । कंगनाले अघि भनेकी छन्, ‘म यहाँ कसैसँग माफी माग्न बसेकी हैन ।’

खासमा महाराष्ट्र करणी सेनाका अध्यक्ष अजय सिंह सेंगरले कंगनाको फिल्मको सेट नै जलाइदिने धम्की दिएका छन् । यतिसम्म कि, कंगनाले करणी सेनालाई धम्की दिने हो भने उनलाई महाराष्ट्रमा हिँडडुल गर्न समेत प्रतिबन्द्ध गरिदिने भन्दै अजयले धम्की दिए ।

कंगनाले भने प्रष्टिकरण स्वरुप आफ्नो फिल्मले इतिहासलाई प्रमाणित गरेको भन्दै आफूले गल्ती नगरेको बताएकी हुन् । आफूलाई सेन्सरको सर्टिफिकेट पनि मिलेको भन्दै करणी सेनाले आफूलाई दुख दिएको भन्दै त्यससँग नझुक्ने चेतावनी दिएकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.