करेन्ट लागी मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको सहयोग

करेन्ट लागी मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको सहयोग

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–१२ कुवामा करेन्ट लागेर मृत्यु भएका दुईजनाको परिवारलाई प्रदेश सरकारले राहत स्वरुप एक/एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

शनिबार प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डल र प्रदेशसभा सदस्य परमेश्वर साह सहितको टोलीले मृतकका परिवारजनलाई घरमै गइ भेटेका हुन् ।

करेन्ट लागेर अकालमै ज्यान गुमाएका दुवैजनाको परिवारलाई प्रदेश सरकारको तर्फबाट आर्थिक सहयोगको घोषणा मन्त्री सोनलले गरेका थिए ।

मृतकमध्येका एक धनुषाको मिथिला बिहारी नगरपालिका–३ का २८ वर्षीय परमेश्वर मण्डलको परिवारलाई भेटेर प्रदेश सरकारका मन्त्रीहरुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारका सदस्यलाई सान्त्वना दिए ।

मन्त्री सोनलले मण्डलको मृत्युले मधेसलाई नै क्षति भएको र उनीहरुको परिवारलाई राहतको लागि सरकारले सानो सहयोग गरेको प्रतिक्रिया दिएका थिए । साथै मृतक दुवैजनाका पत्नीहरुलाई समेत रोजगारको व्यवस्था मिलाउन समेत प्रदेश सरकारले सक्दो प्रयत्न गर्ने आश्वासन मन्त्री सोनलले दिएका छन् ।

उक्त दुर्घटनामा परी सिरहाको विष्णपुरा गाउँपालिका–४ का ३२ वर्षीय जगरनाथ साहको पनि मृत्यु भएको थियो । जग्गा खरिद गर्नका लागि हिँडेका दुवैजनाको मोटरसाइकल खेततिर जाने धुलाम्य सडका चिप्लिएर बिजुलीको पोलमा उछिटिएर पुगेको थियो ।

पोलमा अर्थिङ गरी प्रसारित ११ हजार भोल्टेजको करेन्ट लागेर परमेश्वरको पहिला मृत्यु भयो । उनलाई बचाउन गएका अर्का मोटरसाइकल चालक जगरनाथको पनि करेन्ट लागि घटनास्थलमै मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.