रसुवामा हिमपातपछि बेसी झरे चौरी
नुवाकोट : रसुवामा पानीसँगै हिमपात भएपछि लेकका चौरी बेसी ल्याइएका छन्।रसुवाको उत्तरी भेगमा रहेका अधिकांश स्थानमा किसानले चौंरी पालन गर्दै आएका छन्। हिमाली संरचना रहेको रसुवामा बुधबारको हिमपातले चौरीको चरण क्षेत्रसमेत प्रभावित बन्दै गएकाले माथिल्लो भेगमा रहेका करिब ५ सय थान चौरीगाई तल्लो क्षेत्रको बेसीतर्फ सारिएको चौरीपालक किसानले बताएका छन्।
रसुवाको उत्तरी भेगका किसान दूध, पनिर, घ्यु, चिजको व्यापार गर्दै आएका छन्। हाल सारिएका चौरीहरु अब चैत्र लागेपछि माथिल्लो भेगमा सारिने चौरीपालक कृषक मानसिंह शेर्पाले बताए।चौरीलाई हिमपातको कारण चरण र वासस्थानको समस्या भएपछि वेशीको गोठतर्फ झार्नुपर्ने वाध्यता आएको उनले बताए।
मंगलबार रातिदेखि परेको वर्षाका कारण रसुवा र नुवाकोटको उत्तरी क्षेत्रमा हिमपात भएको छ।