न्यायका कर्मचारी पनि निगरानीमा

न्यायका कर्मचारी पनि निगरानीमा

काठमाडौं : पछिल्लो समय न्यायाधीशमाथिको कारबाहीले चर्चा पाएको छ । यसलगत्तै सर्वोच्च अदालत र न्याय सेवा आयोगले अनियमितता गर्ने तथा कामचोर कर्मचारीबारे ‘रिपोर्ट’ संकलन गर्न गुप्त टोली जिल्लामा खटाएको छ ।

विशेष तालिम प्राप्त सूक्ष्म निगरानी संयन्त्रले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र निगरानी गरिसकेको छ । अहिले त्यो टोली अन्य जिल्लामा खटिएको छ । उक्त संयन्त्रले तीन–चार टोली बनाएर उपत्यकाबाहिरका जिल्लामा गुप्त निगरानी गरिरहेको छ ।

यसअघि टोलीलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानले विभिन्न चरणमा तालिम दिएको थियो । ‘निगरानी टोली अहिले कर्मचारी तहमा पनि पुगेको छ । गुप्त रुपमा काठमाडौं बाहिर खटिइसकको छ,’ भर्खरै मात्र सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा सिफारिस भएका न्याय परिषद् सचिव नृपध्वज निरौलाले अन्नपूर्णसँग भने, ‘विभिन्न टोली बनाएर यतिबेला अदालतहरुमा निगरानीको काम धमाधम भइरहेको छ ।’

अनुगमनबाट प्रतिवेदन प्राप्त भएपछि कारबाहीमा जाने निरौलाले बताए । उनका अनुसार उच्च अदालत पाटन, विशेष अदालत, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे जिल्ला अदालत, राजश्व न्यायाधीकरण, वैदेशिक रोजगार न्यायाधीकरणसहितका निकायमा एक चरणको निगरानी सकेर टोली यतिबेला मधेस पुगेको छ । सप्तरी, झापा, सुनसरी, मोरङ, सिरहा, महोत्तरी, सर्लाही, रौतहट र धनुषामा टोली खटिएको छ ।

‘सबै रेकर्ड संकलन गरी टोलीलाई गोप्य रिपोर्ट बुझाउन कार्यादेश तोकेर पठाइएको छ । ‘ब्याक’ सपोर्टमा हामी हुनेछौं,’ निरौलाले भने, ‘निगरानी गुप्त रुपमा हुन्छ । प्रतिवेदन पूरै गोप्य रहन्छ । तालिम दिँदै कार्यक्षेत्रमा जाने र प्रतिवेदन संकलन गर्ने काम गोप्य राख्नु भनिएको छ । निगरानीका नाममा कसैको मानमर्दन हुनु हुँदैन ।’

उनले निगरानीमा खटिने तालिम प्राप्त टोली साधन र स्रोतले सम्पन्न भएको जानकारी दिए । प्रतिवेदन प्राप्त हुनासाथ छानबिन गरिने र दोषी भेटिए त्यस्ता व्यक्तिमाथि कारबाही पनि चल्ने उनको भनाइ छ । टोलीले केही जिल्लाको रिपोर्ट केन्द्रमा पठाइसकेको उनले बताए । संयन्त्रलाई पहाडी जिल्लामा पनि परिचालन गरिने छ ।

टोलीले कार्यक्षेत्रमा पुगेर कर्मचारीको कार्यथलो, सेवाग्राही, स्थानीय बार एवं सरोकारवाला निकायसँग बुझ्ने काम गरिरहेको छ । न्याय प्रवाहलाई स्वच्छ, प्रभावकारी र शंकारहित बनाउने प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको कार्ययोजनाअनुरुप निगरानी अभियानले तीव्रता पाएको छ । विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश डा.कुलरत्न भुर्तेलसहित ७ जना न्यायाधीशलाई छानबिनका लागि न्याय परिषद्मा तानिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.