मूर्ति चोरीमा संलग्न गाउँपालिकाका उपाध्यक्ष फरार

मूर्ति चोरीमा संलग्न गाउँपालिकाका उपाध्यक्ष फरार

डोल्पा : मूर्ति चोरीमा संलग्न रहेका एक गाउँपालिकाका उपाध्यक्ष फरार भएका छन्। माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मलमटासी गुरुङ फरार भएका हुन्।  शे-फोक्सुण्डो गाउँपालिका- ४ स्थित राप गुम्बाका पुरातात्विक बुद्धका मूर्ति र स्तुपा आठ वर्ष पहिला चोरीमा संलग्न डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मलमटासी फरार रहेको प्रहरीले जानकारी दिएको छ। 

स्थानीयतहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनुभन्दा पहिला गुम्बाका मूर्ति चोरीका घटनामा गुरुङ नाइके रहेको पाइको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले बताए। गुरुङ राप गुम्बाबाट हराएका ३८ थान बुद्धका मूर्ति र स्तुपा चोरीको घटनामा गुरुङ मुख्य नाइके रहेको पाइएको प्रहरीको  दाबी छ।

प्रहरीले राप गुम्बामा ८ वर्ष पहिला मूर्ति चोरी गर्ने र यहि कार्तिक २८ गते फेरि चोरी गर्नेलाई पक्राउ गरेपछि गाउँपालिका उपाध्यक्ष पनि संलग्न रहेको थाहा हुन आएको हो। चोरीमा संलग्न भएको  भेटिएपछि पक्राउ परिने डरले उनी  भारततिर फरार रहेको हुनसक्ने डीएसपी बिष्टले बताए।

हाल डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष गुरुङ प्रहरीको फन्दामा पर्ने डरले भारतमा लुकेर बसेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ। यसभन्दा पहिला मूर्ति चोरीकै आशंकामा काठमाडौंबाट ४ जना, धो बाट एकजना पक्राउ गरेको छ भने उपाध्यक्षको खोजी भइरहेको प्रहरीले बताएको छ। 

३ जना मूर्ति चोर जेल चलान

राप गुम्बाका मूर्ति चोरीमा संलग्न ३ जनालाई जेल चलान गरेको छ। शे-फोक्सुण्डो गाउँपालिकाको राप गुम्बाबाट मूर्ति चोरीको घटनामा संलग्न रहेका ३ जनालाई जेल चलान गरेको हो। शे-फोक्सुण्डो गाउँपालिका ४ का ४१ वर्षीय उर्केन पासाङ, सोहि गाउँपालिका १ का ४१ वर्षकै झयाम्पा छुल्डीम लामा, वडा न ४ कै पासाङलुण्डुप गुरुङ पुरपक्षका लागि जेल चलान भएका छन्। 

नगद एक लाख र २ थान बहुमुल्य मुगा र तिब्बतीयन भाषामा लेखेको पत्रसहितको प्रमाणका आधारमा २ जना पुरपक्षका लागि जेल चलान गरिएको प्रहरी नयव उपरीक्षक बदेश बिष्टले जानकारी दिए। बिष्टले अनुसार ३जना मूर्ति लुकाएको ठाउँमा उत्खनन् गर्नेदेखि बिक्री गर्नेसम्मका काममा संलग्न भएको स्वीकार गरेको र प्रमाणसहित जिल्ला अदालतबाट पुरपक्षका लागि कारागार चलान गरेको बताए।

वडा अध्यक्षसहित एकजना धरौटिमा रिहा

डोल्पोबुद्ध गाउँपालिका ५ का वडा अध्यक्ष कार्मा गुरुङ र सोहि गाउँपालिका ३ का छिरिङ धावा गुरुङ भने ५० हजार रुपैयाँ धरौटिमा रिहा भएका छन्।  वडा अध्यक्ष कार्मा धावालाई उर्केन पासाङको बयान र तिब्बतीयन भाषामा लेखेको पत्रका आधारमा अनुसन्धानका लागि पक्राउ गरेको र उनीहरु मूर्तिचोरीको घटनामा संलग्न नरहेको प्रहरीले जानकारी दिएको छ। 

मूर्ति चोरीको आशंकामा पक्राउ परेका छिरिङ धावा गुरुङ बिलकुल निर्दोष रहेको तर वडा अध्यक्षलाइ भने आवश्यकता परेको खण्डमा फेरि पनि बोलाइ अनुसन्धान गर्न सकिने डीएसपी बिष्टले जानकारी दिए। 

राप गुम्बाबाट ३८ थान सक्कली मूर्ति लगेर नक्कली मूर्ति राखेको र ति राखिएका नक्‍कली मूर्तिहरु पनि यसै वर्ष कार्तिकमा चोरी भएका छन्। पछिल्लो एक दशकमा माथिल्लो डोल्पाका आधा दर्जन गुम्बाबाट सयौं बुद्धका मूर्ति र स्तुपा चोरी भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.