प्रदेशको नामबाट चारपांग्रे सवारी दर्ता

प्रदेशको नामबाट चारपांग्रे सवारी दर्ता

हेटौंडा : प्रदेश संरचनाअनुसार प्रदेश ३ बाट पहिलोपटक चारपांग्रे सवारीसाधन दर्ता सुरु भएको छ। प्रदेश ३ अन्तर्गतको यातायात व्यवस्था तथा सेवा कार्यालय हेटौंडाले बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गर्दै आएको विद्युतीय जिपलाई प्रदेशको पहिलो नम्बर दिएर कार्यालय उद्घाटन गरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाको नाममा दर्ता रहेको विद्युतीय जिपको नम्बर प्रदेश ३–०३–००१–झ–०००१ रहेको छ। कार्यालय उद्घाटन कार्यक्रममा एक निजी र एक भाडाका सवारी दर्ता गरिएको छ।

काठमाडौंबाहिर पहिलोपटक हेटौंडा कार्यालयले प्रदेश संरचनाबाट सेवा दिन सुरु गरेको कार्यालय प्रमुख पोषण थापाले बताए। ‘सवारीसाधनको अनुमतिपत्र नवीकरण, नयाँ अनुमतिपत्र वितरणका साथै नयाँ संरचनाअनुसार सवारी दर्ता पनि थालेका छौं’, उनले भने, ‘प्रदेश ३ अन्तर्गत रहेका १० वटा यातायात कार्यालयमध्ये काठमाडौं उपत्यकाभित्रका चार कार्यालयले भने पुरानै प्रक्रियाबाट सवारी दर्ता गराइरहेका छन्।’

अन्य सेवा बुधबारबाटै सुरु भए पनि नयाँ अनुमतिपत्र वितरणको काम सुरु हुन भने केही समय लाग्ने थापाले बताए। ‘भौतिक संरचना निर्माण भइनसकेकाले नयाँ अनुमतिपत्र वितरणमा भने केही समय लाग्छ’, उनले भने, ‘हामीले यहाँबाट जुनसुकै सवारीको नवीकरण, दर्ता, रुट इजाजत, पटके सेवा, सवारी अनुमतिपत्र प्रदान तथा नवीकरण गर्न सक्छौं।’

प्रदेशको यातायातसम्बन्धी ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन बाँकी छ। साथै त्यससम्बन्धी निर्देशिकासमेत निर्माण भइरहेकाले नयाँ अनुमतिपत्र वितरणको काम तत्कालै सुरु गर्न नसकिएको कार्यालय प्रमुख थापाले बताए। प्रदेश ३ को हेटौंडा कार्यालयले यो सेवा सुरु गरे पनि अन्य प्रदेशमा भने प्रदेश संरचनाअनुसार सवारी दर्ता सुरु भएको छैन।

प्रदेशअन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका उद्घाटन गर्दै मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री डोरमणि पौडेलले प्रेदशअन्तर्गत काम सुरु भएपछि जनताले नयाँ सरकारको अनुभूति पाउनुपर्ने बताए। सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘प्रदेश संरचनाअनुसार पहिलो पटक सवारी दर्ता सुरु गरिएकाले केही प्राविधिक तथा अन्य समस्या पर्न सक्छ, त्यसका लागि मन्त्रालयसँग समन्वय गरेर तपाईंहरू काम गर्नुहोस्।’ सवारी दर्ता, नवीकरण, नयाँ अनुमतिपत्रलगायत काम पहिलेभन्दा सहज हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.