प्रतिनिधिसभ बैठक बस्दै, पारित होला चिकित्सा विधेयक ?
काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा विधेयक २०७५ पारित गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। तर आजकै संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने नगराउने अडानमा प्रतिपक्षी दल कांग्रेस छ।आफ्ना माग पूरा नभईसम्म पारित गर्न खोजे 'मुठभेड' हुने कांग्रेस नेताहरूले चेतावनी दिएका छन्।
कांग्रेसले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघमातहत मान्यता दिनुपर्ने अडान राख्दै आएको छ।