निर्माणको म्याद गुज्रियो, बनेनन् सडक

निर्माणको म्याद गुज्रियो, बनेनन् सडक

ललितपुर : निर्माण गरिसक्नु पर्ने म्याद गुज्रिसके पनि अझै ललितपुरका मुख्य मुख्य सडक बनेका छैनन्। ठेकेदार कम्पनी अनेकौं बहाना बनाएर सडक निर्माण नगरी बसेका छन्।

ललितपुरका ठुल्ठूला सडक आयोजनामा लखनखेल-सातदोबाटो, इमाडोल-सिद्धिपुर-गोदावरीखोला-लुभु-लामाटार, ढोलाहिटी-सुनाकोठी-चापागाउँ-लेले -सरस्वतीकुण्ड, कर्मनाशा-हरिसिद्धि-गोदावरीकुण्ड र नख्खुखोला-भैंसेपाटी-बुङमती सडक छन्। यी कुनै पनि सडक अझै बनेका छैनन्।

लगनखेल–सातदोबाटो सडक निर्माणको जिम्मा समानान्तर निर्माण सेवाले लिएको छ। ०७३ जेठ २६ मा सम्झौता गरेको यसले ०७४ असोजमा निर्माण सक्ने सहमति गरे पनि ०७५ असोजमा फेरि म्याद थपेको थियो। यो करिब २० प्रतिशत मात्र बनेको छ। उपत्यका विकास प्राधिकरणले बारम्बार आग्रह गर्दा पनि विद्युतीय पोल र बटुक भैरव मन्दिरको पर्खाल नहटाएको तथा स्थानीयको अवरोधले ढिलाइ भएको ठेकेदारले बताएको छ।

ढोलाहिटी, चापागाउँ हुँदै सरस्वतीकुण्ड सडकखण्डको अवस्था अझ दयनीय छ। दिवा र शैलुङ जेभी, कन्टेक प्रालि, पप्पु कन्स्टक्सन, महाभिजन र वल्र्डवाइड जेभीले निर्माणको जिम्मा लिएको सडकखण्डमा १० प्रतिशत काम भएको छ। दिवा र शैलुङ तथा कन्टेक प्रालिको म्याद गुज्रिसकेको छ। ०७३ जेठमा ठेक्का लिएका उनीहरूले ०७५ कात्तिकसम्म सडक बनाइसक्नुपर्ने थियो। ठेकेदारले सडकको चौडाइमा विवाद भएको दाबी गरेको छ। सडक कतै २० मिटर र कतै १७ दशमलव २० मिटर चौडा बनाइएको छ। अदालतको निर्देशनले काम गर्न नपाएको उनीहरूको दाबी छ। पप्पु, महालक्ष्मी, वल्र्डवाइड जेभीले सडकको दाँयाबाँया रुख नकाटिएको बताए पनि वनले काट्न स्वीकृति दिइसकेको छ।

इमाडोल–सिद्धिपुर हुँदै लुभु–लामाटार सडकको अवस्था पनि नाजुक छ। डाँफे र समानान्तर जेभी, आशीष, सीएम, ड्रागन जेभी, लामा समानान्तर जेभीले ठेक्का लिएका छन्। स्थानीयले मुआब्जा क्षतिपूर्ति मागेर घरटहरा भत्काउन नदिएको, रुख नकाटिएको, विद्युतीय पोल नहटाएको बताएको छ। तर ५० प्रतिशत काम सकेको जनाएको छ। 

सडक विस्तार आयोजना प्रमुख अर्जुन अर्यालले समेत काठमाडांै उपत्यका विकास प्राधिकरणले घरसंरचना, पर्खाल, टहरा भत्काउन ढिलाइ गरेको गुनासो गरे।

कर्मनासा–हरिसिद्धि–गोदावरी सडकको ठेक्का पनि आशीष, सीएम जेभी र लामा समानान्तरले नै लिएका छन्। अदालतको स्टे अर्डरका कारण १ सय २० घर हटाउन नसकेको ठेकेदारले बताएका छन्। नख्खुखोला–भैंसेपाटी–बुङमती सडकको ठेक्का आशीष, बिरुवा, सीएम जेभी, पप्पु, महालक्ष्मी र वल्र्डवाइड जेभीले लिएका छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले विद्युत, टेलिफोनको तार, रुख हटाउन बाँकी रहेको उनीहरूले बताएका छन्।

सडक विस्तार आयोजना प्रमुख अर्जुन अर्यालले समेत काठमाडांै उपत्यका विकास प्राधिकरणले घरसंरचना, पर्खाल, टहरा भत्काउन ढिलाइ गरेको गुनासो गरे। उनले भने, ‘संरचना हटाएपछि सरकारले क्षतिपूर्ति दिने हो तर संरचना र सिमाना क्लियर गर्न प्राधिकरणले सकेन।’ यस्ता अवरोधले गर्दा काम गर्न समस्या भएको उनले भने। ‘संरचना हटाउने अधिकार हामीलाई हुँदैन’, उनले भने। अदालतले घरजग्गाको मुआब्जा दिएर मात्र काम गर भन्ने आदेश दिएपछि पहिला जग्गा छाडेकाहरूले पनि यतिबेला बारबन्देज गरेर बसेको जानकारी उनले दिए। सडक फराकिलो बनाउन सडक विस्तार आयोजना स्थापना भए पनि कहीं काम गर्न नसकेको उनको भनाइ छ।

तर उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले सडकले संरचना नहटाइ ठेक्का लगाउँदा यस्तो समस्या निम्तिएको प्रतिक्रिया दिए। उनले भने, ‘अदालतले स्टे अर्डर पनि दिएको छ। त्यसमाथि ठेकेदारले समयमा काम गर्दैनन्।’ अदालतको फैसला पुनरवलोकनमा गए पनि भइनसकेको बताए। समाधान गर्न राज्यले प्रसस्त रकम खन्याउनुपर्ने अन्यथा सडक फराकिलो नहुने उनले बताए। ‘सरकारले पैसा उपलब्ध नगराउनु आदिवासीलाई हटाउन लागे भन्दै विरोध गर्नुगायत समस्या पनि छन्’, उनले भने।

विवादास्पद पप्पु कन्स्ट्रक्सनले ललितपुरका ३ ठाउँमा ठेक्का पाएको छ। नख्खुखोला–भैंसेपाटी–ढोलाहिटी–सुनाकोठीका दुई खण्ड निर्माण पप्पुको जिम्मामा छ। पप्पुले जिम्मा लिएको सडकमा १० प्रतिशतभन्दा बढी काम भएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.