विवेकशील नेपाली दलका १५ कार्यकर्ता पक्राउ

विवेकशील नेपाली दलका १५ कार्यकर्ता पक्राउ

काठमाडौं : डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गरिरहेका विवेकशील नेपाली दलका नेता तथा कार्यकर्तालाई नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।

अनशनरत ड. गोविन्द केसीको पक्षमा संघीय संसद अगाडि नारावाजी गरेपछि १८ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । डा. केसीसँग सरकारले गरेका सम्झौता लागु गर्नुपर्ने लगायत माग राख्दै आन्दोलन गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । विवेकशील नेपाली दलका नेता मिलन पाण्डेका अनुसार उनीहरुलाई अहिले भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा थुनिराखेको छ ।

चिकित्सा शिक्षा विधेयक आज संसदमा टेबुल गर्ने तयारी गरिरहँदा विधेयक डा. केसीसँग सम्झौताविपरित रहेको भन्दै नयाँ बानेश्वसमा उनका समर्थकले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । डा केसीकाे पक्षमा प्रदर्शन गरिरहेकाे अवस्थामा चिकित्सकहरुलाई समेत प्रहरीले पक्राउ गरेकाे छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.