होमस्टेमा पानी अभाव, हप्ता दिनका लागि आएका पाहुना दुई दिनमै फर्किन्छन्

होमस्टेमा पानी अभाव, हप्ता दिनका लागि आएका पाहुना दुई दिनमै फर्किन्छन्

गाईघाट : खानेपानीको अभावमा जिल्लाकै पहिलो उदयपुरगढी गाउँपालिकाको केन्द्रमा संचालित होमस्टे प्रभावित भएको छ । चार वर्ष अघिदेखि संचालनमा आएको होमस्टेमा पानी अभाव भएपछि संचालनमा समस्या भएको छ।

उदयपुरगढी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि बसाइ र खानाका लागि सहज पुर्‍याउने उदेश्यले स्थानीय महिलाले होमस्टे संचालनमा ल्याएका थिए। पर्यटन वोर्ड र तत्कालिन जिल्ला विकास समितिको सहयोगमा करिब आधा दर्जन परिवारले होमस्टे संचालन गर्दै आएका छन्।

पानीको भरपर्दो व्यवस्था नहुँदा पाहुनाको बसाई व्यवस्थित र लामो बनाउन नसकिएको होमस्टे संचालक बताउँछन्। 'उदयपुरगढीमा वर्षौदेखि पानीको समस्या छ,' स्थानीय दिपक रोकाले भने, 'समाधानका लागि प्रयास भए पनि त्यसले सार्थकता पाउन सकेको छैन्।' 

पाइपलाइनबाट ल्याएको पानी पिउनलाई पनि नपुग्ने स्थानीय बताउँछन्। 'पानीको उचित व्यवस्था नहुँदा होमस्टे संचालनमा समस्या छ,' पंचावती सामुदायिक होमस्टे समितिका अध्यक्ष इन्द्रकुमारी राईले भनिन्, 'पाहुनालाई पिउने पानी दिनसक्ने अवस्था नै छैन।'

नुहाउने र लुगा धुने पानी नहुँदा साता दिनको बसाइका लागि आएका पाहुना दुई दिनमै फर्किने गरेका छन्।होमस्टे संचालनका लागि सडकलगायत अन्य पूर्वाधार र सेवासुविधा भएपनि पानी नहुँदा ज्यादै समस्या भएको उनको भनाई छ। 

नेपालटार-उदयपुरगढी सडकको स्तरोन्नतिसँगै प्रशस्त मात्रमा पानी र बिजुली बत्ती उपलब्ध हुन सके पोखरा र बन्दीपुरभन्दा राम्रोसँग सञ्चालन गर्न सकिने समिति सचिव रीताकुमारी धमलाले बताइन्।

होमस्टेमा करिब ३० जना पर्यटकलाई सेवा सुविधा उपलब्ध छ। स्थानीयस्तरमा उपलव्ध गुन्द्रुक, कोदोको डिँढो, मकै, भटमास, स्थानीयस्तरमा उत्पादन गरिएका खसी, कुखुराको मासु र लोकदोहोरी गीतसहितले पाहुनालाई स्वागत गरिने समिति अध्यक्ष राईले बताइन्।

पर्यटकीय क्षेत्र विस्तारका लागि जिल्लाका तीन ठाउँमा होमेस्टे सञ्चालनमा ल्याइएको छ। त्यसमध्ये सबैभन्दा पुरानो होमस्टे उदयपुरगढीको पञ्चावती होमस्टे हो हो। त्यस्तै रौतामाई गाउँपाकिलाले धार्मिक तथा पर्यटकिय क्षेत्र रौता पोखरी र लिम्चुङबुङ गाउँपालिकाले पर्यटकीय क्षेत्र वार्हा पोखरीमा होमस्टे सञ्चालनमा छन्।

पानीका लागि गाउँपालिकाको १८ लाख बजेट 

पर्यटकीय क्षेत्र तथा गाउँपालिकाको केन्द्र भागलाई लक्षित गरी उदयपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च गर्ने गरी खानेपानी आयोजनाका लागि १८ लाख बजेट विनियोजन गरेको छ। गाउँपालिकाको केन्द्रमा नै पानी अभाव भएपछि पालिकाले यो योजना अघि सारेको उपाध्यक्ष सानुमैया राउतले बताइन्। 

लिफ्‍टिङ प्रविधिबाट पानी तानेर पर्यटकीय क्षेत्रमा पानी पुर्‍याउने पालिकाको लक्ष्य छ। पानीकै लागि स्थानीयले घण्टौं समय खर्च गर्नु परेको स्थानीय जीवन श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.