तराईमा पनि स्ट्रबेरी

तराईमा पनि स्ट्रबेरी

झापा : चिसोमा मात्र फल्ने स्ट्रबेरी तराईमा पनि रोप्न सुरु गरिएको छ। नेपालमै यसको पहिलो व्यावसायिक खेती सुरु भएको हो।

झापाको रंगपुरका स्थानीयले स्ट्रोबरीखेती सुरु गरेका छन्। जयन्त गोल्यान फाउन्डेसन तथा आश्रय नेपाल दुई संस्थाको सहयोगमा स्थानीयले स्ट्रबेरी खेती सुरु गरेका हुन्। रंगपुरको १२ कठ्ठा जमिनमा नौ हजार बेर्ना लगाइएको छ। यसमा हालसम्म आठ लाख रुपैयाँ लगानी भइसकको छ।

कसरी भयो सम्भव ?

तराईमा स्ट्रबेरीखेती सम्भव भएको गाल्यान फाउन्डेसनका प्रमुख पवनकुमार गोल्यान दाबी गर्छन्। उनी प्रश्न गर्छन्, ‘सीमावर्ती क्षेत्र भारतमा स्ट्रबेरी फल्ने, वारी किन नफल्ने ? ’ उस्तै भूगोलका कृषकले स्ट्रबेरी खेती गरेको पाइएपछि उनलाई नेपालमा पनि यसको प्रयोग गर्न मन लाग्यो।

गोल्यानले सिलिगुडीको कृषि विश्वविद्यालयमा गएर यसबारे प्राविधिकसँग बुझे। फलस्वरूप उनले झापामै स्ट्रबेरीखेती सुरु गरे। ‘गर्मीमा तापक्रम नमिल्दा बिरुवा मर्ने सम्भावना हुन्छ। जाडोयाममै यसको उत्पादन राम्रो हुुन्छ’, उनले भने, ‘चैतसम्म खासै गर्मी नहुने भएकाले अहिलेलाई परीक्षण गरिएको हो।’

पुस ३ गते सुरु भएको स्ट्रबेरीमा फूल खेल्न सुरु भएको छ। रंगपुरमा लगाइएको स्ट्रबेरीलाई ‘स्विट चार्ली’ नाम दिइएको छ। लगाएको तीन महिनामा उत्पादन हुने प्राविधिकहरू बताउँछन्। जमिनमुनिबाट पाइप गाडेर चौबीसै घण्टा सिँचाइको व्यवस्था गरिएको छ। अहिले पाइलट परियोजनाका रूपमा स्ट्रबेरीको खेती सुरु गरिएको गोल्यानले जानकारी दिए। स्ट्रबेरी खेती परीक्षणका रूपमा मात्रै छ। प्राविधिकको सहयोगमा खेती सुरु भएकाले अहिले लगाइएको स्ट्रबेरी पनि राम्रो देखिएको छ।

अहिले थोरै क्षेत्रमा लगाइएको खेती परीक्षण सफल भए बृहत् रूपमा गर्ने उनको योजना छ। एउटा बिरुवाबाट ६ सय ग्रामदेखि एक किलोसम्म उत्पादन हुने जानकारी दिइएको छ। स्ट्रबेरीको माउ बिरुवाको लहराबाट नर्सरी राखेर प्रत्येक वर्ष नयाँ बिरुवा उत्पादन हुनेछ। इलाममा व्यावसायिक रूपमा खेती गर्ने योजना गोल्यानको छ।

स्ट्रबेरी महँगो फलफूलअन्तर्गत पर्छ। यसको बजार भाउ आठ सय रुपैयाँदेखि एक हजार प्रतिकेजी छ। गर्मीमा स्ट्रबेरीको माग बढी हुने गरेको छ। स्ट्रबेरीमा कोलेस्ट्रोल घटाउने, एन्टी अक्सिडेन्ट, भिटामिन र अन्य खनिज पदार्थ यथेष्ट मात्रामा पाइने गरेकाले स्वास्थ्यका लागि लाभदायक हुुन्छ। नेपालमा यसअघि ककनीमा मात्रै यसको खेती हुँदै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.