स्याङ्जामा महिलाको वेवारिशे शव भेटियो
स्याङ्जा : गल्याङ नगरपालिका–११ निमाघाटस्थित कालीगण्डकी नदी किनारमा एक महिलाको वेवारिशे शव भेटिएको छ ।
नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ती महिलाको शरीरमा रातो स्वीटर, रातो चोलो, हातमा रातो चुरा र बायाँ हातको औँलामा रातै पत्थर भएको औंठी छ ।
प्रहरीका अनुसार ती महिलाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।