एम्बुलेन्स दुर्घटनामा ६ घाइते

एम्बुलेन्स दुर्घटनामा ६ घाइते

भक्तपुर : घाइते बोकेर काठमाडौं आउँदै गरेको एम्बुलेन्स भक्तपुरको सूर्यविनायक नगरपालिका १० साँगास्थित मुसे गणेश मन्दिर नजिकै शुक्रबार राति दुघर्टना हुँदा ६ जना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिरहाको लहानमा भएको सवारी दुर्घटनाका घाइते बोकी काठमाडौं आउँदै गरेको यादव सेवा समाजको ज १ च १४९० नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।

एम्बुलेन्सले घाइते धनुषाको ढल्केबर बस्ने ७१ वर्षीय झलकबहादुर खड्का र उनका आफन्त बोकेको थियो। दुर्घटनामा चालक दोलखाको सिंगटी घर भई हाल काठमाडौंको कपन बस्ने २५ वर्षीय सन्तोष तामाङसमेत ६ जना घाइते भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

त्यस्तै एम्बुलेन्समा सवार सर्लाहीको लालबन्दी नपा १४ घर भई हाल काठमाडौंको कपन बस्ने २१ वर्षीय वीरबहादुर लुङ्गेली, उदयपुरको कटारी बस्ने ३५ वर्षीय मोहनबहादुर न्यौपाने, ३७ वर्षीया घनकुमारी खड्का र ७१ वर्षीया बाटुला खड्का घाइते भएको प्रवक्ता प्रनाउ पोखरेलले बताए।

उनका अनुसार घाइते चालक तामाङलाई उपचारको लागि भक्तपुरको मध्यपुर थिमी नपास्थित मध्यपुर अस्पताल लगिएको थियो। अन्य घाइतेलाई भने भक्तपुरकै भक्तपुर नपा १ सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल लगिएको थियो।

‘चालक तामाङको मध्यपुर अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल रिफर गरिएको छ’, प्रवक्ता प्रनाउ पोखरेलले भने, ‘बाँकी घाइतेलाई भने काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल लगिएको छ।’  घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

मासु पसलमा जुवातास खेल्ने १० पक्राउ
यसैगरी महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर नपा ९ च्यामासिंहस्थित मासु पसलमा जुवातास खेल्ने दसजनालाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भक्तपुर नपा ४ राममन्दिर घर भई च्याम्हासिंहमा मासु पसल सञ्चालन गर्दै आएका ३६ वर्षीय सुदर्शन शाहीको मासु पसलमा तास खेलिराखेको अवस्थामा नगद ७३ हजार दुई सय १० रुपैयाँसहित १० जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट ६ बुक ताससमेत बरामद भएको परिसरले जनाएको छ।

गोलीसहित एक पक्राउ
यसैगरी भक्तपुर प्रहरीले सूर्यविनायक नपा १० साँगास्थित महादेव दर्शन गर्न आएका एक व्यक्तिलाई एक राउन्ड गोलीसहित नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले काठमाडौं मन्डिखाटार बस्ने ४६ वर्षीय सलिम अख्तरलाई ३.७५ लेखिएको एक राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले अख्तरको बा १० च ४९४९ नम्बरको गाडीमा चेकजाँच गरेर उक्त गोली बरामद गरेको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।

जिल्ला अदालतबाट म्याद थप गरी अख्तरमाथि थप अनुसन्धान कार्य भइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.