लाठीको १८ कला देखाउने फौदसिंह (फोटो फिचरसहित)

लाठीको १८ कला देखाउने फौदसिंह (फोटो फिचरसहित)

खाङसाङ (सिन्धुली) : खाङसाङमा फाैदसिंह तामाङले लाठीका १८ कला प्रर्दशन गरे। उनको आक्रमण रोक्न प्रतिद्वन्द्वी खेलाडी रितबहादुर मगरलाई निकै हम्यहम्य भयो। आफ्नो सुरक्षार्थ सिकिने लाठी खेल हिजोआज लोप बन्दै गए पनि सिन्धुलीमा भने अझै कायमै छ।

पाँच दशक काटेका यी दुई खेलाडी यस क्षेत्रकै उत्कृष्ट खेलाडी हुन्। दुई दशकअघि ओखलढुङ्गा मुलखर्कका खेलाडीहरुले एक पाथी तोरी पठाएर गन्ती गर्नु हामी तोरीकै संख्यामा लाठी खेल्न आउँछाैँ कुटाइ खान तयारी भएर बस्न भन्दै खबर पठाएका थिए। त्यो समयमा सिन्धुली खाङसाङका यी दुई लाठी खेलाडी फाैदसिंह र रितबहादुरले फेरि प्रतिउत्तरमा तोरीको पिना पठाएर पिना जस्तै बनाउने सन्देश दिएका थिए। यो घटना यस क्षेत्रका लागि एतिहासिक जस्तै बनेको छ।  

खोटाङ, ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुरका पुरुषहरु केही वर्षसम्म गाउँमा लाग्ने मेलामा दुई दिनसम्म हिँडेर लाठी खेल्न पुग्ने गरेको फिक्कल– १ महादेव डाँडाका लाठी खेलका रेफ्री महेन्द्रबहादुर सुनुवारले बताए। आधुनिक सामग्रीको आविस्कार नहुँदा आफू सुरक्षित बन्न लाठीको कला सिक्नु पर्ने बाध्यता थियो। यो प्रचलन अझै यस क्षेत्रका युवाहरुले कायम नै राखेका छन्। फौदसिं तामाङ र रितबहादुर लुङगेली मगर जस्तै गाउँमा अन्य दुई दर्जन बढी पुराना खेलाडी छन्। फिक्कल– ४, खाङसाङ सिन्धुलीमा लाग्ने घुमाउने बजार लाठी खेलका लागि चर्चित स्थल हो।

फिक्कल– १ को राँके, चित्रे, काउलेबजार, जमारे, भालुवाङ, सोखु, सिन्धुली लगायतका एकरातेबजार र ओखलढुङगा, उदयपुर, रामेछाप, सिन्धुलीका बजारहरुमा लाठी खेलको सीप प्रदर्शन गरी हारजित हुने गर्दथे। यी बजारहरुमा लाठी खेल्दा चोटपटक लागेमा मुद्दामामिला उजुरी नै नलाग्ने फिक्कल– ४ का वीरबहादुर श्रेष्ठले बताए। 

‘कुटाइ खान तयारी भएर बस्न खवर पठाउने गरिन्थ्यो, त्यसपछि जसले कुटे पनि पछिल्लो पटक आउने मेलामा पालो फर्काउने गरी तयारी गरिन्थ्यो,’ श्रेष्ठले भने, ‘बलियो मानिने घङगरुको काठबाट लाठी बनाइन्छ। लाठी खेल यस क्षेत्रकै प्रख्यात खेल हो तर राजनैतिक परिर्वतनसँगै लोप हुँदै गएको छ।’

सिन्धुलीको फिक्कलमा माघ २ गतेदेखि ७ गतेसम्म आयोजना गरिएको प्रथम फिक्कल महोत्सवमा लाठी खेल प्रदर्शन गरिएको थियो। १० वर्षे जनयुद्धसँगै लाठी खेल लोप भएको स्थानीय ८३ वर्षीय नन्दीप्रसाद घोरसैनीले बताए। खाङसाङमा २००६ साल ताका फिक्कलका खेलाडीले जितेपछि ओखलढुङ्गा मूलखर्कका खेलाडी भाग्ने क्रममा सुनकोशीमा बगेर मृत्यु भएको उनले सम्झाए। 

‘मर्नेसम्म कुटाकुट गरिन्थ्यो, मुद्दा लाग्दैन थियो, सबैजना लाठी खेल्न जान्ने हुन्थे, अहिले लोप हुँदै गयो’, उनले भने।  

सिन्धुलीको फिक्कलमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन गर्न आयोजित साता दिने महोत्सवमा लाठी खेल नै मुख्य आकर्षण बनेको थियो। महोत्सवमा स्थानीय उत्पादन, सुनकोशीमा जलयात्रा, र्या‍फ्टिङ, सांगीतिक कार्यक्रम र जातजातिका सांस्कृतिक झाँकीहरु प्रर्दशनी गरिएको थियो।

महोत्सवको लाठी खेल हेर्न खोटाङ, ओखलढुङगा, सिन्धुली, काभ्रे, रामेछाप, उदयपुर, महोत्तरी, सर्लाही, मकावनपुर, काठमाडौं उपत्यका लगायतका स्थानबाट मानिसहरु आएको आयोजक फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बताए। लाठी खेलकाे माध्यमबाट पर्यटनकाे विकास गर्ने तयारीमा जुटेको सिन्धुली प्रतिनिधिसभा सदस्य गणेश पहाडीले बताए। यसका लागि नेपाल पर्यटन बोर्ड र ३ नम्बर प्रदेशका सरकारलेसमेत सहयोग गर्ने भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.