रोहितको कीर्तिमान : कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी

रोहितको कीर्तिमान : कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी

काठमाडौं : रोहित पौडेल अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्। १६ वर्ष एक सय ४६ दिनका उनले शनिबार यूएईविरुद्ध ५५ रन प्रहार गर्दै कीर्तिमान रचे।

यसअघि त्यो कीर्तिमान चर्चित पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीको नाममा थियो। अफ्रिदीले सन् १९९६ मा श्रीलंकाविरुद्ध नैरोबीमा भएको एक दिवसीय खेलमा उक्त कीर्तिमान कायम गरेका थिए। उनले १६ वर्ष दुई सय १७ दिनको उमेरमा अर्धसतक बनाएका थिए।

२३ वर्षपछि रोहितले उक्त कीर्तिमान आफ्नो नाममा सारे। उनले ५८ बलमा सात चौकाको मद्दतले ५५ रन बनाए। उनकै सशक्त प्रदर्शनमा नेपालले यूएईलाई दोस्रो एक दिवसीय खेलमा एक सय ४५ रनको ठूलो अन्तरले पराजित गरेको छ। यससँगै जारी शृंखला एक–एकको बराबरी भएको छ।

रोहित अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा डेब्यु गर्ने सबैभन्दा कम उमेरका खेलाडीमध्ये पर्छन्। गत अगष्टमा नेपालले इतिहासमै पहिलो एक दिवसीय शृंखला खेल्दा नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा डेब्युको अवसर पाएका थिए। त्यसबेला उनी १५ वर्ष तीन सय ३५ दिनका थिए।

भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपाली क्रिकेटले एकपछि अर्को कीर्तिमान आफ्नो नाममा बनाइरहेको छ। यसबाट नेपाल अन्तर्राष्ट्रिय क्रिकेट समुदायको ध्यान आफूतर्फ केन्द्रित गर्न सफल भएको देखिन्छ। नेपाली क्रिकेटले यसअघि पनि केही अनौठा कीर्तिमान आफ्नो नाममा बनाएको थियो।

५० ओभरको अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम बलमा जित हात परेको कीर्तिमान पनि नेपालसँगै छ। नेपालले सन् २००६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) कपअन्तर्गत भएको खेलमा म्यानमारले दिएको ११ रनको लक्ष्य दुई बलमै पार गरेको थियो। त्यसको दुई वर्षपछि नेपाली बलर मेहबुब आलमले अर्काे रोचक कीर्तिमान कायम गरे।

उनले सन् २००८ मा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन पाँचअन्तर्गत मोजाम्बिकविरुद्धको खेलमा सबै १० विकेट लिएका थिए। सो प्रदर्शनसँगै उनी अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगितामा यस्तो कीर्तिमान कायम गर्ने पहिलो र एक मात्र खेलाडीका रुपमा छन्। यस्तै सूचीमा थपिएका छन् रोहित।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.