माउण्टेन फ्लाइ बन्द

माउण्टेन फ्लाइ बन्द

विराटनगर : प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरबाट प्रत्येक शनिबार हुँदै आएको माउण्टेन फ्लाइट (पर्वतिय उडान) बन्द भएको छ । विराटनगरका पर्यटन तथा होटल व्यवसायीहरुले ‘विराट होलिडेज‘ नामवाट साताको प्रत्येक शनिबार प्रर्यटन प्रवद्र्धनका लागि भन्दै विराटनगरबाट माउण्टेन फ्लाईट गर्दै आएको छ ।

मंसिरको पहिलो शनिबारबाट सुरु गरिएको माउण्टेन फ्लाइट पुसदेखि बन्द भएको हो । चारवटा उडान भरेपछि पुसदेखि खराब मौसमको कारण देखाउँदै उडान बन्द गरिएको हो । होलिडेजका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का पर्यटन संयोजक भविषकुमार श्रेष्ठ हिमाल दृष्यावलोकनका लागि मौसम अनुकूल नभएकाले पुस र माघमा माउण्टेन फ्लाइट बन्द गरिएको जानकारी दिए । उनले मौसमको खराबीले दृष्यावलोकन गर्न नसकिने भएकाले उडान बन्द गरिएको जानकारी दिए । उनले फागुनमहिना देखि नियमित उडान हुने जानकारी दिए ।

हिमाली उडानका लागि प्रति व्यक्ति नौ हजार नौ सय रुपैयाँ टिकट शुल्क लिंदै आएको होलिडेजले आउँदो दुईवटा फ्लाइटको टिकट पूरै बिक्री भइसकेको जनाएको छ । होलिडेजका अध्यक्ष श्रेष्ठले पूर्वका पर्यटन व्यवसायीहरुले प्लेन चार्डड गरेर माउण्टेन फ्लाइट सुरु गरिसकेकाले अव सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने,‘ यो उत्साहलाई सरकारको सहयोग र संलग्नता आवश्यक रहेको छ ।’ प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत माउण्टेन फ्लाइटलाई लिपीबद्ध गरिएको छ ।

करिब एक घण्टाको उडानले सगरमाथा, लोत्से, मकालु, कञ्जनजंघा, कुम्भकर्ण गरी कम्तीमा १४ वटा हिमाली क्षेत्रको मनोरम दृष्यावलोकन गराउँदै आएको श्रेष्ठले बताए । हिमाली उडानको उदेश्य आन्तरिकसंगै छिमेकी राष्ट्र भारतको विहार, तथा पश्चिम बंगालका पर्यटकलाई भित्राउने रहेको उनको भनाइ छ ।

माउण्टेन फ्लाईटमा विदेशीलाई आकर्षण गर्न सके होटेल व्यवसाय समेत राम्रोसंग फस्टाउने उनले बताए । श्रेष्ठले माउन्टेन नीजि स्तरमा प्रर्यटन व्यसायहरुले सुरु गरेको माउण्टेन फ्लाइटले कुनै घाटा नभएको बताए । नेपालमा सबै भन्दा बढी भारतीय पर्यटक आउने भएकाले अव प्रचार प्रसार गर्न ठूलो धनराशी आवश्यक रहेकाले सरकारले नै अव ठोस नीति ल्याएर सञ्चालन गर्नु पर्ने बताए ।

माउण्टेन फ्लाइटसंगै आफूहरु विराटनगरबाट लुम्बिनी, पोखरा र भारतको बनारससम्मको फ्लाइटको लागि पहल गरिरहेको उनले बताए । मंसिर महिनाबाट सुरुआत गरिएको माउण्टेन फ्लाइट अन्र्तगत पहिलो फ्लाइटमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत विशिष्ट व्यक्तिगतहरु समावेश रहेका थिए । माउण्टेन फ्लाइटका क्रममा प्रदेश सरकारका पदाधिकारीहरुले पर्यटन प्रवद्र्धनका लागि आपूmहरुले बजेट विनियोजन गर्दै अघि बढ्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.