निषेधाज्ञा टेरेनन्, सडकमै शव राखेर प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरोध

निषेधाज्ञा टेरेनन्, सडकमै शव राखेर प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरोध

विराटनगर : स्थानीय प्रशासनले मोरङको विराटनगर-विराटचौक सडकखण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छन्। 

टिपरको ठक्‍करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो। यस विषयमा थप निर्णय लिनका लागि जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक विराटनगरमा बसिरहेको छ। निषेधाज्ञाको कुनै पनि प्रवाह नगरिकन आक्रोसित बनेका स्थानीय बासिन्दाले भने टिपरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

उनीहरुले शव उठाउन अस्वीकार गर्दै प्रदर्शन र नारावाजीलाई जारी राखेका छन्। ठाउँठाउँमा टायर बालेर गरिएको प्रदर्शनले स्थिति थप तनावपूर्ण बन्दै गएको छ। सुन्दरहरैंचा नगरपालिकाको सिसौघारी र बेलेपुरमा प्रदर्शन गरिरहेको एउटा समूहले विराटचौक पुगेर बजार र पसल बन्द गराउन थालेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत विराटचौक सडक खण्ड बन्द गरिएको छ। एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधन संचालन गर्न दिइएको छैन। मुख्य राजमार्गमा प्रहरीले सडक खुलाउने र सवारी आवगामन नियमित बनाउने प्रयास गरिरहे पनि त्यो सफल हुन सकेको छैन। 

घटनाको विरोधमा आक्रोसित बनेर आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले अहिलेसम्म ११ वटा टिपरमा आगजनी गरिसकेको बताए पनि प्रहरीले त्यसलाई पुष्टि गरेको छैन। प्रहरीले भने अहिलेसम्म सातवटामा मात्रै आगजनी गरिएको विवरण प्राप्त भएको जनाएको छ।

>>> टिपरले ठक्कर दिँदा मोरङमा बालिकाको मृत्यु, ठक्कर दिने टिपरमा आगजनी

आगजनी गरिएको ठाउँमा आगो निभाउन भनेर विभिन्न ठाउँबाट पुगेका दमकल स्थानीय बासिन्दाको अवरोधका कारण घटनास्थलमा पुग्न सकिरहेका छैनन्। टिपरमा आगो दन्किरहँदा स्थानीयले प्रदर्शन उग्र बनाउँदै लगेपछि बेलेपुर र सिसौघारी रणमैदान बनेको छ। अन्य सवारी साधनमाथि आगजनीको घटना हुनसक्ने भन्दै प्रहरीले आन्दोलनकारीलाई रोक्ने प्रयास भने गरिरहेको छ। 

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको बताए। प्रजिअ केसीले जिल्ला सुरक्षा समितिको बैठक जारी रहेको र निषेधित क्षेत्रमा अझै पनि प्रदर्शन नरोकिएका कारण स्थानीय प्रशासनले यस विषयमा थप निर्णय लिन सक्ने जानकारी दिए । 

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बारेमा प्रहरीले माईकिङ गरेर जानकारी गराएको थियो । तर आक्रोसित स्थानीय बासिन्दाले उक्त क्षेत्र छाडन् मानिरहेका छैनन्। उनीहरुले निषेधित क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेका छन्। टिपर आतंक रोक्नु पर्ने माग गर्दै सुरु भएको प्रदर्शनका क्रममा टिपरलाई स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा संरक्षण गरिएको आरोप लगाइएको छ।

>>> घटनाले उग्ररुप लिएपछि विराटचौकबाट बेलेपुरसम्म निषेधाज्ञा जारी

प्रजिअ केसीले निषेधित क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्न नपाइने व्यवस्था कानुनमा रहेको जानकारी दिए। 'कुनै पनि गतिविधि र क्रियाकलाप गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको छ। जेसुकै भए पनि त्यहाँबाट स्थानीय बासिन्दा पछि हट्नुको विकल्प छैन,' केसीले भने, 'नमाहरु पछि सर्दा राम्रो हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.