धर्मकर्ममा पारस शाह, गोल्डेन मन्दिरमा पूजा
काठमाडौं : पटक पटक विवाद तानिदै आएका पूर्व युवराज पारस शाह पछिल्लो समय धर्मकर्ममा सक्रिय भएका छन्। आफ्नो परिवारसँग पनि राम्रो सम्बन्ध बनाउन नसकेका उनी पूजापाठका लागि मठमन्दिरमा पुग्न थालेका हुन्।
पछिल्लो पटक सोमबार उनी पूजाकै लागि पाटन मंगलबजारमा रहेको गोल्डेन मन्दिरमा पुगे। जाडो छल्न ओभरकोट लगाएर पुगेका उनले आफ्नो लामो कपालमाथि ढाकाटोपी पनि पहिरेका थिए।
पारस गोल्डेन मन्दिर पुग्दा राजतन्त्रका पक्षधरहरुले उनको स्वागत गरेका थिए।पारसले गोल्डेन मन्दिरमा त्यहाँका पूजारीसँग बसेर विशेष पूजापाठ गरे। पारस राजधानीमा पूजापाठमा व्यस्त भएका बेला उनका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह भने मध्ये तराईको भ्रमणका क्रममा आइतबार बाराको सिमरा पुगेका छन्।