उदयपुरमा सरकारी मेडिकल कलेजको सम्भाव्यता अध्ययन सुरु

उदयपुरमा सरकारी मेडिकल कलेजको सम्भाव्यता अध्ययन सुरु

गाईघाट : अनसनरत डा. गोविन्द केसी र सरकारबीचको सम्झौताअनुसार उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वनेको सरकारी कार्यदलले दुुई दिनदेखि त्रियुुगा नगरपालिका क्षेत्रको स्थ्लगत सम्भाव्यता अध्ययन सुरु गरेको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सेवेदीको संयोजकत्वमा गठित कार्यदलले दुई दिनसम्म सम्भाव्यता अध्ययन गर्दै सोमबार बिहान जिल्लाका सरोकारवालासँग छलफल गरेको हो । 

कार्यदलमा शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्र र विश्व विद्यालय अनुदान आयोगका योजना अधिकृत विनोद भट्टराई छन् । टोलीले त्रियुगा नगरपालिका भित्र जग्गाको उपलब्धता, जनसंख्या र स्वास्थ्य, विरामीको चापबारे दलका नेता, जनप्रतिनिधि र अन्य व्यक्तिसँग छलफल गरेको छ ।

सरकारले केसीको १५ औ अनसनका क्रममा गरेको सम्झौता अनुसार उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनार्थ सम्भाव्यता अध्ययन थालिएको कार्यदलका सदस्य सचिव तथा शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्रले बताए ।

टोलीले त्रियुगा नगरपालिका–१३ को भातिखर्कस्थित विद्यालयको जग्गा, १२ को विशनपुर मुनीको ऐलानी जग्गा, वडा नम्बर ३ स्थित चापको जोरपोखरी सामुदायिक वन उपभोक्ता समूहको जग्गा, वडा नम्बर ४ को जनज्योति जोरपोखरीको फर्छाैयौट खोला नजिकको पिकनिक स्पोर्ट र वडा ८ र ९ को उत्तराई टोलको विमानस्थलको लागि सर्भे गरिएको जग्गा हेरेको हो । 

टोलीले त्यसैगरी वडा नं. ११ को ढिम्कि पिकनिक स्पोर्टस, १० को सिमल्टार र जिल्ला अस्पताल परिषरको जग्गाको पनि अध्ययन गरेको छ । अध्ययन गरिएका जग्गा सबैजसो ऐलानी, सामुदायिक वन र विद्यालय मातहतमा रहेका जग्गा हुन् । 

मेडिकल कलेजको लागि २५ देखि ३५ विगाहा जग्गा आवश्यक पर्ने भएकाले जग्गाको उपलब्धता र मुख्य सडकदेखिको पहुँचको बारेमा टोलीले अध्ययन गरेको जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर दर्नालले बताए । उनले मेडिकल कलेज सबैको चासो र सरोकारको बिषय भएकाले सबैसँग परामर्श गरी विवादरहित ढंगले स्थान सिफारिस गरिने बताए । 

प्रमुख दर्नालले उदयपुरसँगै जोडिएका खोटाङ, ओखलढुंगा, सोलु, भोजपुर, सुनसरी, संखुवासभा र प्रदेशनं २ का सिरहा, सप्तरी, धनुुषा र प्रदेशनं ३ को सिन्धुली र रामेछापबासीलाईसमेत लक्षित गरी प्राथामिकीकरण गरिने बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.