जुफालमा ७ दिनपछि टेलीफोन र इन्टरनेट सेवा सूचारु

जुफालमा ७ दिनपछि टेलीफोन र इन्टरनेट सेवा सूचारु

दुनै,डोल्पा : डोल्पाको जुफालमा रहेको मोबाइल बिटियस ७ दिन पछि सञ्चालनमा आएको छ। माइक्रोवेभ रेडियो लिंकमा डाउन भएपछि इन्टरनेट र मोबाइल फोनमा समस्या आएको हो। हिमपातसँगै नेपाल टेलिकमको मोबाइल र इन्टरनेटमा समस्या आएपछि स्थानीय एक सातादेखि सञ्चारविहीन भएका थिए। हिमपातका कारण चिसो अत्याधिक बढेको र माइक्रोवेभ रेडियो लिंक डाउन हुँदा एक सातासम्म करिब हजारौं नागरिक सञ्चार सेवाबाट बञ्चित भएका हुन्।   

जुफालको बिमानस्थल नजिकै राखेको मोबाइल बिटिएसले साविकका ५ गाविसमा सञ्चार सेवा प्रदान गर्ने गरेको र एक साता सम्म निकै घाटा ब्यहोर्नु परेको दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराइले जानकारी दिए।

उनका अनुसार हिमपात र अत्याधिक चिसोको कारण प्राविधिक कुरा हेर्न कठिन भएको र निकै जोखिम मोलेर एक साता देखिको अवरुद्ध सञ्चार सूचारु गरेको बताए। अग्ला डाँडामा राखिएको माइक्रोवेभ रेडियो लिंकका रिपिटर टावरमा पावरको पनि समस्या रहेको करण पनि मोबाइल फोन र इन्टरनेटमा समस्या आएको दूरसञ्चार क्षेत्रीय कार्यालय नेपालगञ्जका प्राविधिक प्रमुख शिव खनालले बताए। 

माइथाप्लामा माइक्रोवेभ रेडियो लिंकमा निकै ठूलो समस्या आएको छ चिसो छ, काम गर्न कठिन छ हामी निरन्तर लागि रहेका छौं, अनालले भने। माइथाप्लाको माइक्रोवेभ रेडियो लिंकमा आएको समस्याकै कारण डोल्पा,मुगु,हुम्लालगायतका जिल्लामा टेलीकमको सेवामा समस्या आएको बताए।

एक सातादेखि जुफाल बिमानस्थल नजिक राखिएको बिटिएसबाट मोबाइल र इन्टरनेट सेवा बन्द भएपछि सबै भन्दा ठूलो समस्या बिमानस्थल कार्यालयलाई परेको जुफाल बिमानस्थल कार्यालयलले जानकारी दिएको छ।    

'सञ्चार नभएपछि काममा निकै कठिनाइ हुने गरेको गोमा एयरका इस्टेसन इन्चार्ज पूर्णजंग शाहीले बताए।एक साता पछि सञ्चार सूचारु भएपछि स्थानीय खुसी भएका छन्। एक सातादेखि कतै कुरा गर्न नपाएका स्थानीय खुसी हुँदै हातहातमा मोबाइल समातेर बसेको प्राविधिक नवराज भट्टराइले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.