युवाको शंकास्पद मृत्यु

युवाको शंकास्पद मृत्यु

मकवानपुर : पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिका- ८ प्याङ्चका सविन राना प्रजा (चेपाङ) को शंकास्पद मृत्यु भएको छ। माघ ७ गते राति १०:३० बजे प्याङ्चेको भीरमुनिबाट गम्भीर घाइते अवस्थामा २१ वर्षीय सबिनलाई उद्धार गरी उपचारका लागि चितवनस्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो।अस्पतालले उनलाई आइतबार दिउँसो मृत घोषण गरेको गरेको हो।

राति ९ बजे घरमै सुतेका आफ्ना छोरालाई उनका साथीले उठाएर लगेको उनका बुवा रामकृष्णले बताए। घरबाट लगेको  केही समयपछि चारजना युवाले आएर 'चोर आयो' भन्दै लाठी र ढुंगा हानी लखेट्दै भीर छेउमा पुर्‍याएर घाइते बनाएको रामकृष्णको दाबी छ। 

तर केही स्थानीयले भने सबिनलाई उनकै आफन्तले मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप लगाएका छन्। छोरा बचाउनका दुई दिनअघि एउटा घर बेचेका रामकृष्णले सोमबार मकवानपुरमा उजुरी लिन नमानेपछि चितवन प्रहरीमा जाहेरी दिएका छन्। छोराको उपचारमा ४ लाखभन्दा बढी खर्च भएको उनले बताए। 

सविन मकवानपुरको मनहरी बहुमुखी क्याम्पसमा पढ्दै थिए। चितवन प्रहरी प्रमुख एसपी सुशिलसिं राठोरले पोष्टमार्टम मुचुल्का बनाएर मकवानपुर प्रहरीमा जाहेरी पठाइने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.