गाँजाको विषयमा सिन्धुलीका एसपीमाथि छानविन गरिने

गाँजाको विषयमा सिन्धुलीका एसपीमाथि छानविन गरिने

काठमाडौं : गाँजाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादवमाथि छानविन हुने भएको छ । सिन्धुलीमा गाँजा उत्पादन बढेको र समयमै नष्ट नगरेको भन्दै उनीमाथि प्रहरी मुख्यालयले छानविन गर्ने भएको हो ।

आइतबार प्रहरी प्रधान कार्यालयमा बसेको बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यादवमाथि छानविन हुने बताएका हुन् । सुरुमा निर्वाध गाँजा उत्पादन भइरहे पनि एसपी यादवले उपल्लो निर्देशनपछि मात्रै गाँजा फडानी गरेको प्रसंग बैठकमा उठेको थियो ।

यादवले आफ्नै सक्रियतामा गाँजा फडानी नगरी निर्देशन कुरेर बस्दा मिलेमतो हुनसक्ने भएकाले उनीमाथि छानविन गर्नुपर्ने आवाज बैठकमा उठेको एक प्रहरी उच्च अधिकृतले बताए । उनले भने, ‘जिल्लामा के भइरहेको छ त्यसबारे ईन्चार्ज जानकार हुनुपर्छ तर यादवको सुपरिवेक्षण अभाव देखिएकाले उनीमाथि छानविन हुनुपर्ने विषय उठेका हो ।’

प्रहरी महानिरीक्षक खनालले एसपी यादवलाई छानविन गर्ने र दोषी देखिए विभागीय कारबाही गर्ने जबाफ वैठकमा दिएका थिए । खनालले अन्नपूर्णसँग भने, ‘अहिले प्रदेशस्तरबाट छानविन भइरहेको छ । आवश्यक परे केन्द्रबाटै छानविन हुन्छ ।’

गाँजा उत्पादनमा यादवको मिलेमतो देखिए उनलाई कारबाही गर्न आफु नचुक्ने भनाइ खनालको छ । माथिल्लो निर्देशनपछि अहिले सिन्धुली प्रहरीले ३७ बिघा जमिनमा लगाइएको गाँजा नष्ट गरिसकेको छ । एसपी यादव आफैं गाँजा फडानीमा खटिँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.