१५ वर्षीया किशोरी गर्भवती भएपछि खुल्यो बलात्कारको घटना

१५ वर्षीया किशोरी गर्भवती भएपछि खुल्यो बलात्कारको घटना

इटहरी : एकजना १५ वर्षीया बालिका बलात्कारको आरोपमा तरहराबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश खड्का, सुवास विक र भीमबहादुर परियार छन् । 

कक्षा ७ मा पढ्ने ती बालिकाको पेटमा गर्भ भएको थाहा भएपछि बलात्कारको घटना खुलेको हो । पक्राउ परेका तीनैजनाले फरक फरक समय र ठाउँ जिकिर गरेपछि तीनजनाले सामुहिक बलाकार गरेको भने नखुलेको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर बुद्धि चौलागाईँले बताए ।

‘कात्तिक अन्तिम हप्तादेखि मंसिर १५ गतेसम्म विभिन्न समय र स्थान बताएका छन्,’ यौनसम्बन्धको लागि बाँस झ्याङदेखि आफ्नै कोठालाई प्रयोग गरेको खुलेको बताउँदै चौलागाईले भने । 

फकाएर सम्बन्ध कायम गरेको देखिएको चौलागाईले जानकारी दिए । उनले भने, ‘तर अहिलेको कानुनले १८ वर्षभन्दा मुनीको बालिकासँगको सम्बन्धलाई बलात्कार मान्छ ।’ घटनाको विषयमा थप अनुसन्धान भइरहेको चौलागाईँले बताए ।

यसअघि पनि तरहराकै एक १४ वर्षीया बालिकालाई इटहरीको रिर्सोटमा लगेर दुईजनाले बलात्कार गरेको खुलेको थियो । उक्त घटना मिलाउन भूमिका खेलेको भन्दै स्थानीय जनप्रतिनिधि र प्रहरी अधिकारीसमेतको भूमिकामा शंका गरिएको थियो ।

सुनसरीका तात्कालीन प्रहरी प्रमुख एसपी विद्यानन्द माझीसमेत अनुसन्धानमा तानिएर ग्रेड रोक्कासहितको कारवाहीमा परेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.