मध्यमोदी जलविद्युत् आयोजनाको काम ठप्प

मध्यमोदी जलविद्युत् आयोजनाको काम ठप्प

कुस्मा : चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजना निर्माण ठप्प बनेको छ। स्थानीयको आन्दोलनका कारण शनिबारदेखि कामकाज बन्द भएको हो। आयोजना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै पुनर्निर्माणका लागि क्षतिपूर्ति रकम माग गर्दै मोदी गाउँपालिका–२ का बासिन्दाले अनिश्चितकालका लागि काम बन्द गरेका हुन्।

मोदी गाउँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा घरहरू भूकम्पलझैं भत्किन थालेपछि स्थानीय आन्दोलित भएका छन्। आयोजनाले पटक–पटक सम्झौता गर्ने तर पीडितको माग सम्बोधन नगरेका कारण निर्णायक लडाइँ लड्न थालेको संघर्ष समितिका संयोजक सुजन पोखरेलले जानकारी दिए। ‘हामीलाई धेरै झुक्याउने काम भएको छ’, उनले भने, ‘माग पूरा नभएसम्म निर्माण सञ्चालन हुन सक्दैन।’

स्थानीयले आयोजनाको सुरुङ निर्माण क्रममा भएको बम विस्फोटका कारण घर भत्केको बताएका छन्। विस्फोटका कारण स्थानीय रामकुमारी पोखरेल, मेघराज ढुंगाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मीनकुमारी खत्री, माया खत्री, सावित्री पोखरेल र रामबहादुर खत्रीको घरमा क्षति पुगेको उनीहरूको भनाइ छ। आयोजनाका कारण ४९ घरमा असर परेको र एउटा घर पूर्णरूपमा भत्किएको स्थानीय बताउँछन्। आयोजनाले नयाँ र सुरक्षित घर बनाइदिनुपर्ने अडानमा स्थानीय बसेका छन्।

आयोजनाले भने भूकम्प र पराकम्पका कारण कमजोर घर अहिले क्षति भएका कारण मागअनुसार क्षतिपूर्ति दिन नसक्ने दाबी गर्दै आएको छ। भूगर्भविद्हरूले घर भत्कनुमा मुख्य कारण भूकम्प र पराकम्प भएको र आयोजनाका कारण केही घरमा असर परेको प्रतिवेदन दिएकाले सोहीअनुसार कार्यान्वयन गर्न तयार रहेको बताएको छ। मध्यमोदी जलविद्युत् आयोजनाका प्रमुख निरञ्जन राउतले भूगर्भविद्को टोलीले दिएको सुझाव कार्यान्वयन गर्न पूर्णरूपमा तयार रहेको तर आयोजनाका कारण क्षति नभएका घरको क्षतिपूर्ति दिन नसक्ने बताए।

भूगर्भविद्ले हालै स्थलगत अनुगमन गरी १२ घरमा बढी क्षति भएको, ९ घरमा सामान्य क्षति भएको तथा सामान्य प्रभावित हुन सक्ने ७ घर मात्रै देखाएको राउतले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.