तमिलनाडुमा ढुंगा उचाल्ने अनौठो खेल
![तमिलनाडुमा ढुंगा उचाल्ने अनौठो खेल](https://annapurnapost.prixacdn.net/media/albums/tamilnadu-game_20190129092322_6pMNuinDa6.jpg)
नयाँदिल्ली : दक्षिण भारत क्षेत्र अनेक परम्परा र खेल शैलीका लागि चर्चित मानिन्छ । त्यसो त यहाँ बन्ने फिल्ममा समेत ती अनौठा खेलको कौसल र तरिका देखिन्छ ।
हालै यहाँ एउटा ‘इल्लावकट्टकल’ नामको मेला सम्पन्न भयो । जुन् मूलतः एक खेल प्रयितेगिता थियो । महिला र पुरुष दुबैले सहभागिता जनाउने यो खेल खासमा ढुंगा उचाल्ने प्रतिष्पर्धा हो ।
महिलाका लागि ४५ केजी तौल र पुरुषका लागि ११४ केजी तौलको ढुंगा उचाल्न हम्मे त परिहाल्छ नै । तमिलनाडुको नेल्लई जिल्लाको पनाकुडी गाउँमा हुने यस मेला हेर्न आउने मान्छेको घुइँचो नै लाग्छ ।
इल्लावकट्टकल प्रतिष्पर्धामा जसले जित्छ उसलाई विशेष तरिकाले सम्मान गर्दै खुसीयाली नै मनाइन्छ । पछिल्लो साता सम्पन्न यस वर्षको खेलमा पुरुष तर्फ थंगराज र महिलातर्फ महालक्ष्मी विजेता बनेका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)