कोसीका चिकित्सक रिले अनसनमा

कोसीका चिकित्सक रिले अनसनमा

विराटनगर : डा. गोविन्द केसीको समर्थनमा कोसी अञ्चल अस्पताल विराटनगरका चिकित्सकले मंगलबारबाट रिले अनसान सुरु गरेका छन्। नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखाको आह्वानमा चिकित्सकले अस्पताल परिसरमै रिले अनसन थालेका हुन्। चिकित्सकले लामो समयदेखि अनसनमा बसिरहेका डा. केसीको जीवन रक्षाको माग गरेका छन्। 

संघको कोसी अञ्चल शाखाका अध्यक्ष डा. फरवार्ड सिलवालका अनुसार डा. केसीले उठाएका मागको सम्बोधनका लागि गरिएको आग्रहलाई नेपाल सरकारले बेवास्था गरेपछि रिले अनसन थालिएको हो। 

उनले केसीको मागको सम्बोधन र जीवन रक्षाको माग गर्दै दिएको ७२ घण्टे अल्टिमेटममा समेत सरकारले कुनै कदम अगाडि नबढाएको भन्दै आपत्ति जनाए।चिकित्सकलाई आन्दोलन गर्न बाध्य पारिएको परिस्थितिबाट उत्पन्न हुने समस्या र सर्वसाधारणमा पर्ने असुविधाप्रति नेपाल सरकार नै जिम्मेवार बन्ने सिलवालको भनाइ छ। 

रिले अनसनमा डा. सिलवाल, कोसी अञ्चल अस्पतालका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेल, छाला तथा यौन रोग विशेषज्ञ डा. असित घिमिरे लगायतका चिकित्सक बसेका छन्।

चिकित्सकले केसीका मागको सम्बोधनका लागि सरकारले तत्काल उचित कदम नचालेमा आन्दोलन चर्काउने चेतावनी दिएका छन्। उनीहरुले ओपीडी र इमरजेन्सी सेवा समेत ठप्प पारेर आन्दोलन गर्ने चेतावनी दिएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.