सफारी दुर्घटनामा एकजनाको मृत्यु

सफारी दुर्घटनामा एकजनाको मृत्यु

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–६ स्थित भित्री सडक खण्डमा मंगलबार दिउसो सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ह ६८४६ नम्बरको सिटी सफारी गुडिरहेको अवस्थामा अनियन्त्रित भइ दुर्घटना हुँदा सुनवर्षी–९ खुनियाबारीका २४ वर्षीय सूर्यनारायण पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार दुर्घटनामा परेर सिटी सफारीमा सवार पासवान घाइते भएको र उनको उपचारका क्रममा कोसी अञ्चल अस्पताल विराटगनरमा मृत्यु भएको हो । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.