प्रदेश ३ ले मनायो शहीद दिवस (फोटोसहित)

प्रदेश ३ ले मनायो शहीद दिवस (फोटोसहित)

हेटौंडा : शहीदको नाममा स्थापित हेटौंडा ११ स्थित शहीद स्मारकमा एक कार्यक्रम गरी बुधबार बिहान प्रदेश-३ सरकारले शहीद दिवस मनाएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत शहीद स्मारक गेटबाट र्‍यालीसहित स्मारकमा एउटै ढुंगामा कुँदिएका शहीदको प्रतिमामा माल्यार्पण गरेर शहीद दिवस मनाइएको हो। 

माल्यार्पण पछि बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई मुख्यमन्त्रीको पद छाड्न कुनै समस्या नरहेको बताए। शहीद स्मारक विकास समितिका अध्यक्ष समेत रहेका उनले भने, 'यो मेरो भावना जोडिएको ठाउँ हो, बरु मुख्यमन्त्री छाड्न सक्छु।समितिको अध्यक्ष छाड्न सक्दैन।'

शहीदको योगदाले आएको परिवर्तनलाई संस्थागत गरेर आर्थिक समृद्धिको बाटोमा अघि बढ्नु आफूहरुको कर्तव्य भएको पौडेलले बताए। 'समृद्ध नेपाली र सुखी नेपालीको सपना पूरा गर्न हामी लागिरहेका छौं, 'उनले भने, 'केही वर्षभित्रमा नै आम नेपाली समृद्धि र सुखी नेपाली हुनेमा हामी विश्सस्त छौं।'

कार्यक्रममा बोल्दै तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले शहीदले देखेका धेरै सपना पूरा गर्न बाँकी रहेको बताए। 'समानता र सामाजिक न्यायको कुरा गर्दा शहीदको नसम्झिरहन सक्दैनौं,' उनले भने, 'इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न हामी अ-आफ्नो ठाउँबाट सबै लाग्नुपर्छ।'त्यसको लागि सुशासन र आर्थिक समृद्धिको अभियानमा प्रदेश सरकार अघि बढेको जमकट्टेलले बताए । 

कार्यक्रममा तीन नम्बर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग,वन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपाल, मुख्य न्यायधिवक्ता सुर्यचन्द्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो। 

शहीद स्मारक पर्यटकको अकर्षण केन्द्र

शहीदको नाममा स्थापित शहीद स्मारक प्रदेश तीनकै प्रमुख आन्तरिक पर्यटन गन्तब्य बन्दै गएको छ। शहीद स्मारक अवलोक गर्न वार्षिक ५ लाखभन्दा बढी पर्यटक आउने गरेको समितिले जनाएको छ। प्रत्येक शनिबार मात्र यहाँ दैनिक पाँच हजारदेखि दश हजारसम्म पर्यटक आउने गरेको समितिका कार्यालय सचिव रामचन्द्र न्यौपानेले बताए। 

नेपालको इतिहासका विविध कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदको प्रतीकस्वरूप १२ जना शहीदका आकृति एउटै ढुंगामा कुँदेर प्रतिमा निर्माण गरिएको छ। हेटौंडाबाट ७ किलोमिटर पश्चिममा रहेको शहीद स्मारक ४ कालीगढहरूले ६ महिना लगाएर अजङ्गको ढुंगामा कुँदेका थिए।

एमाले नेता स्वर्गीय मदन भण्डारीको मात्र सालिक रहेको उक्त स्मारकमा स्थापना गरेको प्रजातान्त्रिक पार्कमा स्वर्गीय वीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान श्रेष्ठ र मनमोहन अधिकारीको सालिक राख्ने तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ।

प्रदेशमा सार्वजनिक बिदा  

तीन नम्ब प्रदेश सरकारले शहीद दिवसको अवसरमा प्रदेश तीनमा बुधबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार गठन भएपछि तीन नम्बर प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिएको। 

तर संघीय सरकार मातहत रहेका निकायले पनि उक्त बिदा कार्यान्वयन गरेका छैनन्। प्रदेश अन्र्तगतका मन्त्रालय र अन्य निकायले भने बिदा दिएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.