झुलाघाटमा पक्‍की पुल निर्माणका लागि दबाव समिति

झुलाघाटमा पक्‍की पुल निर्माणका लागि दबाव समिति

बैतडी : भारतसँग सीमा जोडिएको झुलाघाटमा महाकाली नदीमाथि मोटरेबल पक्‍की पुल निर्माणका लागि दबाव समिति गठन गरिएको छ। बैतडी उद्योग वाणिज्य संघको संयोजनमा मंगलबार सुख्खा फलफूल विकास केन्द्रको हेलिपेड डाँडामा भएको सरोकारवालाको बैठकले पुल निर्माण पहलका लागि सरकारलाई दबाव दिन समिति गठन गरेको हो।

झुलाघाटमा पक्‍की पुल नभएकै कारण भारतसँग सीधा व्यापार गर्न नसकिएको, भारतीय पर्यटकलाई नेपाल भित्र्याउन नसकिएकाले पक्‍की पुल निर्माणका लागि दबाव समिति गठन गरिएको समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए। उनले भने, 'भारतसँग सीमा जोडिएको झुलाघाटमा पक्‍की पुल निर्माण नभएकै कारण करोडौं व्यापार घाटा भइरहेको छ। भारतीय पर्यटकलाई हामीले भित्र्याउन सकिरहेका छैनौं। झुलाघाटमा पक्‍की पुल निर्माण भयो भने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको मूहार फेरिन्छ। त्यसैले हामीले पुल निर्माणका लागि दबाव दिने तयारी गरेका हौं।'

२०५२ साल यता बनेका हरेक सरकारले झुलाघाटमा पक्‍की पुल निर्माणको आश्वासन दिने गरेको तर आश्वासनमै सीमित रहेकाले आफूहरुले समिति गठन गरेको चन्दले बताए। समितिले सरकारलाई झुलाघाट नाकामा पक्‍की पुल निर्माणका लागि लिखित रुपमै आग्रह गर्ने निर्णय समेत गरेको छ।

झुलाघाटमा पक्‍की पुल निर्माणका लागि दबाब दिन २७ जनाको समिति बनाइएको समितिका सदस्य महेश अवस्थीले बताए। उनले भने,'भारतसँगको सीमा झुलाघाटमा पक्‍की पुल नभएकै कारण यहाँका धार्मिक सम्पदाको दर्शन गर्न आउने दर्शनार्थीहरु आउन सकिरहेका छैनन्।यसले हाम्रो सदियौंदेखिको सम्बन्धमा असर पर्न थालेको छ। हाम्रा धार्मिक सम्पदा पनि ओझेलमा परिरहेका छन्।’

सतबाँझमा केही दिन अघि परेको हिमपातले आन्तरिक पर्यटक तानेको तर पुल नभएकै कारण भारतीय पर्यटक आउन नसकेकाले पुल निर्माणार्थ दबाव दिन समितिका सदस्य एवं बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए। उनले भने, 'भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ। यो सम्बन्धलाई अझै बलियो बनाउन र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई आर्थिक रुपमा सबल बनाउन झुलाघाटमा पक्‍की पुल आवश्यक छ।’

भारतसँग सीमा जोडिएको झुलाघाटमा करिब डेढ सय वर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ। सो ठाउँमा पक्‍की पुल निर्माणका लागि नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा समेत बन्ने गरेको तर कार्यान्वयनमा नआएको समितिका सदस्य विकास चन्दले बताए। झुलाघाटमा पक्‍की पुल निर्माणका लागि भारतका तर्फबाट एकपटक सर्भे पनि भएको तर पछि पञ्चेश्वर परियोजनाले डुबान हुन सक्ने भन्दै सो कार्य अघि बढाएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.