शहीदको योगदान अविस्मरणीय : मुख्य मन्त्री राई

शहीदको योगदान अविस्मरणीय : मुख्य मन्त्री राई

विराटनगर : शहीदहरुको योगदान र बलिदानी सधैं अविस्मरणीय रहने र कहिल्यै पनि भुल्न नसकिने प्रदेश-१ का मुख्य मन्त्री शेरधन राईले उल्लेख गरेका छन्। शहीद दिवसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै राईले स्वतन्त्रताको पक्षमा निरंकुशता विरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनार्थ जीवन आहुती दिने शहीदलाई कहिल्यै पनि भुल्न नसकिने उल्लेख गरे।

उनको सन्देशमा योगदानको उच्च मूल्याँकन गर्दै शहीदका सपना पूरा गर्ने दिशामा मुलुक अघि बढिरहेको पनि उल्लेख छ। 
मुख्य मन्त्री राईले विभिन्न घटनाक्रम र कालखण्डमा मुलुकका लागि बलिदानी दिने सबै शहीदलाई सम्झिएका पनि छन्। नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपाली वीर सपुतको बलिदानी छ,' मुख्यमन्त्री राईको सन्देशमा उल्लेख गरिएको छ, 'आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात महान शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु।'

 
उनले सन्देशमा नेपालमा प्राप्त राजनैतिक उपलब्धीमा शहीदको ठूलो योगदान रहको उल्लेख गरे। राजनैतिक उपलब्धी, लोकतन्त्र र अग्रगमन शहीदको त्याग र बलिदानको परिणात भएको मुख्य मन्त्री राईको भनाइ छ।

प्रदेशको आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकिए र यसैमा सबै ध्यान केन्द्रीत भएमा मात्र शहीदप्रति सच्चा सम्मान हुने विश्वास राईको छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वायन गर्दै देशलाई समृद्ध बनाउन शहीदको सपना तथा योगदान सधै प्रेरणादायी हुने शुभकामना सन्देशमा उल्लेख छ। 

देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउँदै शहीदको सपना साकार पार्नका लागि एक भएर लाग्न मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा आग्रह गरिएको छ। मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेसँगै बाँकी रहेका शहीदका अधुरा सपना पूरा गर्ने दिशामा अगाडि बढिरहेको सन्देशमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.