टिपरमा आगजनी गर्नेलाई कारवाही गरिने : मन्त्री कार्की

टिपरमा आगजनी गर्नेलाई कारवाही गरिने : मन्त्री कार्की

विराटनगर : पूर्वाञ्चल टिपर व्यवसायी संघले टिपरमा आगजनी गर्नेलाई कानुनी दायरमा ल्याउनु पर्ने माग गरेको छ। आगजनी गर्नेलाई कारवाहीको माग गर्दै संघ चरणवद्ध आन्दोलनमा जाने भएको छ।  

संघका पदाधिकारीले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाउँदै आगजनी गर्नेलाई कानुनी कारवाही गर्नुपर्ने र आगजनीमा भएको टिपरको क्षतीपुर्ती राज्यले दिनुपर्ने माग  गरेका छन्। 

पूर्वाञ्चल टिपर व्यवसाय  संघका अध्यक्ष गोपाल कार्कीले सुरक्षा निकायले घटनालाई नियन्त्रणमा लिन नसक्दा व्यवसायीले करोडौंको क्षति व्यहोर्नु परेको बताएका छन्। व्यवसायीले प्रहरी मुकदर्शक भएकाले ठूलो क्षती भएको आरोप लगाएका छन्। शुक्रबार विरोध स्वरुप व्यवसायीले ग्यारेजमा थन्काएर राखिएका टिपरको र्‍याली निकाल्ने भएका छन्। टिपर र्‍याली विराटचोकस्थित खोर्सानेबाट विराटनगरको रोडषेश चोकसम्म गरिने अध्यक्ष कार्कीले बताए।

अध्यक्ष कार्कीले भने, ‘सुन्दरहरैंचामा भएको घटनामा दोषिसँगै टिपरमा आगजनी गर्ने माथि पनि कारवाही हुनुपर्छ।’ सुरक्षानिकायले घटनालाई नियन्त्रणमा नलिँदा करोडौंको क्षति पुगेको कार्कीले बताए।
 
सोमबार बिहान घटना भएको करिव डेढ घण्टापछि स्थानीयले टिपरमा आगो लगाउदाँसमेत सुरक्षाकर्मीले रोक्ने प्रयास नगरेको आरोप टिपर व्यवसायीले लगाएका छन्। बिहान एक र अपरान्ह एक घण्टा टिपर सञ्चालनमा लगाएको रोकको समेत व्यवसायीहरुले विरोध गरेका छन्।  

उनीहरुले टिपर सञ्चालनमा लगाइएको समय रोकको फुकुवा हुनुपर्ने माग गरेका छन्। ज्ञापन पत्र बुझ्दै मन्त्री कार्कीले संघीय र प्रदेश सरकारको प्रतिनिधित्व हुने गरी कार्यदल बनाएर समस्या समाधान गर्ने आश्वासन दिए। 

उनले आगजनी गर्नेलाई कानुनी कठघरामा ल्याएर कारावाही गरिने बताए। कार्कीले टिपर नचलाउने निर्णयमा पुनर्विचर गर्न व्यवसायिलाई आग्रह गर्दै भने, ‘दुई दिनभित्र कार्यलल बनाएर टिपर व्यवसायीको समस्या समाधान गर्ने छौँ। टिपर व्यवासयीसँग छफलफल गरेर सबै समस्याको समाधान गर्न प्रदेश सरकार तयार छ।’
  
सोमबार बिहान सुन्दरपुरहरैंचा ९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो। त्यसपछि आक्रोशमा सडकमा उत्रिएका स्थानीयले सातवटा टिपरमा आगजनी गरेका थिए। घटना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निर्धारित घटना भएको स्थलमा करिव १० घण्टा निशेधाज्ञा जारी गरेको थियो। घटनाको विरोधमा उत्रिएका स्थानीयले बालिकाको शव दिनभरि सडकमा राखेर प्रदर्शन गरेका थिए। 

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.