मोटरसाइकलले ठक्‍कर दिंदा ट्राफिकका असई घाइते

मोटरसाइकलले ठक्‍कर दिंदा ट्राफिकका असई घाइते

विराटनगर  : मोरङको उर्लाबारी नगरपालिका -५ मा विना हेल्मेट चलाइएको मोटरसाइकलले ठक्‍कर दिंदा बिहीबार ट्राफिक प्रहरीका सहायक निरीक्षक (असई) गणेश श्रेष्ठ घाइते भएका छन्। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २० प ६६३२ नम्बरको मोटरसाइकलको ठक्करबाट अस्थायी ट्राफिक प्रहरी पोष्ट उर्लाबारीका इन्चार्ज रहेका श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार विना हेल्मेट तीव्र गतिमा आइरहेको अवस्थामा रोक्न खोज्दा सोही मोटरसाइकलले ठक्कर दिएको हो।  दुर्घटनामा परेर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

असई श्रेष्ठको अनुहारमा चोट लागेको छ भने नाकको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। मोटसाइकल चालक उर्लाबारी -१ का राज सुनुवारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.