ग्रासरुटबाटै फुटबल टीम बनाइने

ग्रासरुटबाटै फुटबल टीम बनाइने

भक्तपुर : भक्तपुर जिल्ला फुटबल संघले जिल्लामा जारी ग्रासरुट फुटबलबाट समूहगत टीम बनाउने भएको छ। संघका अध्यक्ष गौतम सुजखूले ग्रासरुटमा सहभागी बालबालिकालाई समेटेर १२ वर्षमुनि, १४ वर्षमुनि र १६ वर्षमुनिको फुटबल टीम बनाइने जानकारी दिए।

'ग्रासरुटमा सहभागी एकसय ७० जना बालबालिकामध्ये तीनवटा उमेरगत समूहको सम्भावना छ’, उनले भने, ‘बालबालिका सोहीअनुसार तयार पनि हुँदै आएका छन्।' सानैबेलादेखि फुटबलप्रति आकर्षण बढाई खेलाडीसम्म बनाउने उद्देश्यले अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर ग्रासरुट फुटबल सञ्चालन गरिरहेको छ।

एन्फाको कार्यक्रमअनुसार भक्तपुर जिल्ला फुटबल संघले सञ्चालन गरेको ग्रासरुट फुटबलमा करिब एकसय ७० जना बालबालिका सहभागी छन्। संघले भक्तपुर र मध्यपुर थिमी नगरपालिका क्षेत्रमा छुट्टाछुट्टै ग्रासरुट फुटबल सञ्चालन गरिरहेको छ। भक्तपुर क्षेत्रमा एकसय र मध्यपुर थिमी क्षेत्रमा ७० जना बालबालिका ग्रासरुट फुटबलमा नियमित सहभागी हुँदै गएको संघका महासचिव तीर्थ राजचलले जानकारी दिए।

ग्रासरुटमा सहभागी बालबालिकाको टीम तयार भएपछि संघले जिल्लास्तरीय छनोट प्रतियोगिता गर्ने उनको भनाइ थियो। उनका अनुसार ग्रासरुटमा फुटबलको आधारभूत प्राविधिक र अप्राविधिक ज्ञान दिएर फुटबलप्रति बालबालिकालाई आकर्षित गर्ने कार्य भइरहेको छ। 'उक्त ज्ञान पाएका बालबालिकालाई संघले निरन्तर प्रशिक्षण र प्रतियोगिताको व्यवस्था गर्नेछ', महासचिव राजचलले भने।

भक्तपुर ग्रासरुट फुटबल१) भक्तपुरमा जारी एन्फाको ग्रासरुट फुटबलमा सहभागी बालबालिका तथा प्रशिक्षक तथा सहायक।

संघले ग्रासरुट फुटबलमा इन्द्रभक्त पञ्च, धनेश्वर प्रजापति, रघुनाथ प्रजापति र बालगोपाल साहुखललाई प्रशिक्षणको जिम्मेवारी दिएको छ। त्यस्तै १३ जना सहायक प्रशिक्षकको व्यवस्था गरिएको छ। प्रशिक्षण धनेश्वर प्रजापतिले ग्रासरुट सञ्चालन भएको पाँच महिनाको अवधिमा करिब ५० जना बालबालिका उदीयमान खेलाडीको रुपमा तयार भएको जानकारी दिए।

'उनीहरुको मेहनत र तयारी हेर्दा तीनवटा उमेरगत फुटबल टीम बन्छ', उनले भने, 'नियमित प्रशिक्षण र प्रतियोगिता भए उनीहरु राम्रा फुटबलर बन्ने निश्चित छ।' गएको विश्व कप फुटबलमा सहभागी देशका खेलाडीहरु ग्रासरुट फुटबलकै उत्पादन मानिन्छन्। विश्वमा फुटबलको ट्रेण्ड नै सानैबेलादेखि फुटबलमा रुचि भएका र सोहीअनुसार खेलाडी तयार गर्ने सिद्धान्त र प्रणालीले काम गर्दै आएको छ।

नेपाली फुटबलमा पनि सोही सिद्धान्त र प्रणाली लागू गर्ने उद्देश्यले एन्फाले ग्रासरुट फुटबल कार्यक्रम अघि सारेको हो। यस कार्यक्रमअन्तर्गत आठदेखि १३ वर्षभित्रका बालबालिकालाई बढीभन्दा बढी सहभागी गराई फुटबलमा आकर्षण गर्ने मुख्य लक्ष्य रहेको एन्फाले जनाएको छ। ग्रासरुट फुटबलले फुटबलका उत्कृष्ट खेलाडीहरुको माग पूर्ति गर्ने एन्फाको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.